अष्ट्रियामा आप्रवासी नेपालीहरूले Gen Z  युवाहरूको शान्तिपूर्ण आन्दोलनप्रति समर्थन


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, भाद्र २६ २०८२


  • अष्ट्रियामा आप्रवासी नेपालीहरूले  Gen Z  युवाहरूको शान्तिपूर्ण आन्दोलनप्रति समर्थन

    अष्ट्रियामा रहेका आप्रवासी नेपालीहरूले नेपालमा चलिरहेको Gen Z  युवाहरूको शान्तिपूर्ण आन्दोलन प्रति समर्थन जनाउँदै संक्षिप्त विरोधपत्र नेपाली राजदूतावास, भियनामा  (Vienna) हस्तान्तरण गरेका छन्।

    विशेषगरी Gen Z उमेर समूहका युवाहरूले अति छोटो समयमा सूचना प्राप्त भए पनि तत्क्षण उपस्थित भई आफ्नो ऐक्यवद्धता प्रकट गरेका थिए। उहाँहरूकै सक्रिय पहलमार्फत विरोधपत्र राजदूतावासलाई बुझाइएको थियो ।

    यस क्रममा नेपालमा भएका घटनालाई लिएर, कसरी संयुक्त राष्ट्रसंघ अन्तर्गतका मानवअधिकार निकायहरूमा जानकारी गराउन सकिन्छ भन्ने विषयमा उपस्थित Gen Z समूहले राजदूत भरत कुमार रेग्मीलाई प्रत्यक्ष जिज्ञासा राखेका थिए।

    कार्यक्रममा आन्दोलनका क्रममा निधन भएका नेपालीहरू प्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै, शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको थियो। कार्यक्रममा अष्ट्रियास्थित आम आप्रवासी नेपालीहरूको उपस्थिति रहेको थियो।

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend