‘मिस कास्की नेपाल सिजन–२’ ट्यालेन्ट राउन्ड सम्पन्न, ग्र्यान्ड फिनाले साउन १६ गते


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शनिबार, साउन ९ २०८३


  • ‘मिस कास्की नेपाल सिजन–२’ ट्यालेन्ट राउन्ड सम्पन्न, ग्र्यान्ड फिनाले साउन १६ गते

    पोखरा । हेवनली इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित तथा मिराकल पोखरा डेन्टल हस्पिटलद्वारा प्रायोजित ‘मिस कास्की नेपाल सिजन टू’ को ट्यालेन्ट राउन्ड उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।

    कार्यक्रममा नौ जना प्रतिस्पर्धी नानीहरूले आफ्नो विविध प्रतिभा प्रस्तुत गर्दै उपस्थित दर्शक तथा निर्णायकहरूको मन जितेका थिए। विशेष आकर्षणका रूपमा पेन्सन पट्टा टोलीबाट मौत्से गुरुङको टोलीको उपस्थिति रहेको थियो। उक्त अवसरमा मौत्से गुरुङले ‘पेन्सन पट्टा’ चलचित्र सबैले हेरेर साथ दिन आग्रह गर्दै प्रतियोगी नानीहरूलाई शुभकामना व्यक्त गर्नुभयो। साथै उहाँले पोखरामा यस्ता सिर्जनात्मक र सांस्कृतिक कार्यक्रमहरू निरन्तर आयोजना भइरहोस् भन्ने अपेक्षा राख्दै हेवनली इभेन्ट म्यानेजमेन्टलाई समेत शुभकामना दिनुभयो।

    यसैबीच, हेवनली इभेन्ट म्यानेजमेन्टका सञ्चालक सफल सुवेदीले ‘मिस कास्की नेपाल’ प्रतियोगिता नेपाली कला, संस्कृति, भेषभूषा तथा प्रतिभाको संरक्षण र प्रवर्द्धन गर्ने महत्वपूर्ण प्लेटफर्म भएको बताउनुभयो। उहाँले युवतीहरूको आत्मविश्वास अभिवृद्धि, व्यक्तित्व विकास तथा क्षमता उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

    निर्णायक मण्डल (Judge Panel) मा फेवा टेलिभिजनकी प्रशासकीय प्रमुख रोजी श्रेष्ठ, डान्स डाइरेक्टर तथा पोखरा कला केन्द्रकी सञ्चालिका राखी थापा र ‘मिस कास्की नेपाल सिजन वान’ की सेकेन्ड रनरअप स्मृति गुरुङ रहनुभएको थियो।

    यसैगरी, हेवनली इभेन्ट म्यानेजमेन्टकी संयोजक समीक्षा सुवेदीले आगामी साउन १६ गते आयोजना हुन गइरहेको ग्र्यान्ड फिनालेमा सबैलाई उपस्थित भई प्रतियोगी नानीहरूलाई हौसला प्रदान गर्न हार्दिक निमन्त्रणा दिनुभयो।

    कार्यक्रम समग्रमा सफल र उत्साहजनक रूपमा सम्पन्न भएको छ भने कार्यक्रमको सञ्चालन सपना गायकाले आकर्षक ढंगले गर्नुभएको थियो। अब सबैको ध्यान आगामी ग्र्यान्ड फिनालेतर्फ केन्द्रित भएको छ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend