लायन्स क्लब अफ पोखरा बाराही टाउनको ३ दिने हस्तकला तालिम शुभारम्भ


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : आइतबार, साउन १० २०८३


  • लायन्स क्लब अफ पोखरा बाराही टाउनको ३ दिने हस्तकला तालिम शुभारम्भ

    लायन्स क्लब अफ पोखरा बाराही टाउनको ३ दिने हस्तकला तालिमको शुभारम्भ गरेको छ । कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रीक्ट ३२५ आइका गभर्नर लायन सुर्य कुमार के सिको प्रनुख आतिथ्यतामा कार्यक्रमको शुभारम्भ भएको हो ।

    कार्यक्रममा निबर्तमान डिस्ट्रीक्ट गभर्नर लायन पार्वती खरेल पाण्डे, डिस्ट्रीक्ट फस्ट V.D.G लायन शैलेन्द्र मोहन भट्टराई, डिस्ट्रीक्ट सेकेन्ड V.D.G लायन बिष्णु भण्डारी, डिस्ट्रीक्ट चिफ एडभाइजर लायन रिशी गिरि र एसिसटेन एडभाइजर लायन अमृत शोभा खत्रीको उपस्तिथि रहेको थियो । भने पुन्य भुमी आमा समुहका अध्यक्ष मिना सापकोटा सहितका टिमलाई लायन्स क्लब अफ पोखरा बाराही टाउनले ३ दिने हस्तकला सम्बन्धी कुसन, गुडिया सहित मक्कैको खोस्टा बाट बनाइने बुक्के फुल सिकाउने यसै क्लबका संस्थापक अध्यक्ष साथै डिस्ट्रीक्ट एक्जुकेटिभ लायन रोजि श्रेष्ठले बताउनु भयो ।

    शिमल टुडा टोल बिकासको भवनमा ३ दिने तालिम भैरहेको यसै क्लबका कोषादक्ष साथै तालिमका प्रशिक्षक साबित्रा पराजुलीले जानकारी दिनु भयो ।
    लायन्स क्लब अफ पोखरा बाराही टाउनको अध्यक्ष तथा तीन दिने हस्तकला तालिमका अध्यक्ष लायन लक्ष्मी ठकुरिले शिमल टुडा टोल बिकास संघ सहकार्य गर्दै आगामी दिनमा लायन्स बाट यस्ता थुप्रै तालिम भित्राउदै शिमल टुडामा रहनु भएका महिलालाई रोजगारी गर्न सक्ने माध्यम बनाउन सहयोग गर्ने बताउनु भयो ।

    कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रीक्ट ३२५ आइका गभर्नर लायन सुर्य कुमार के सिले बाराही टाउन परिवार महिला क्लब भएका कारण पनि महिलाका बारेमा धेरै जानकारी रहने र जाहा आबस्यक्ता च त्यहाँ लायन्स भन्ने नारा लाई सर्थक गर्न जोड दिदै आगामी दिनमा बाराही टाउनले चाहेको खण्डमा डिस्ट्रीक्ट सहयोग पनि गर्ने बताउनु भयो । केयरिङ्ग बाइ शेयरिङ्ग भन्ने डिस्ट्रीक्टको मुल नारालाई सर्थक बनाउन सके डिस्ट्रीक्टले तेस्ता क्लबहरु लाई मेडलले सम्मन गर्ने पनि बताउनु भयो ।
    कार्यक्रम संचालन यसै क्लबका सचिब लक्ष्मी देबि शर्माले संचालन गर्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend