आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक–पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, मंसिर ४ २०८२


  • आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक–पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पटक–पटक सर्दै आएको बैठक–पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।

    मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज मंसिर ४ गते दिउँसो २ बजे बस्ने तय भएको बताएका छन् ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थित हुन भनिएको छ ।

    गत २८ असोजबाट सुरू भएको बैठकमा गत कात्तिक २७ गतेसम्म नेताहरूले धारणा राख्ने क्रम सकिएको थियो । त्यसपछि कात्तिक २९ गते र मंसिर १ गते बस्ने भनिएका बैठक स्थगित गरेर मंसिर ४ गतेका लागि निर्धारण गरिएको थियो । जारी बैठकले १५ औं महाधिवेशन र प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा निर्णय लिने अपेक्षा छ ।

    बैठकमा पार्टीको विशेष महाधिवेशन वा नियमित महाधिवेशन भन्नेमा बहस हुँदै आएको छ । विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन समेत भइसकेको अवस्थामा संस्थापनपक्षका नेताहरू भने चुनावपछि नै नियमित महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।

    यसैबिच कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताले केन्द्रीय कार्यसमिति बैठकबाटै विशेष महाधिवेशनको मिति र स्थान तोक्न आग्रह गरेका छन् । बु

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend