प्रविन मगर,पोखरा ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अष्ट्रियाले यस वर्षको Dorfelderstrasse10,Ecke Murlingengasse, 1120 Wien तिहारको अवसरमा देउसी–भैलो कार्यक्रम विशेष रूपमा आयोजना गर्ने भएको छ। कार्यक्रम अक्टोबर १८ (शनिबार) र अक्टोबर १९ (आइतबार) का दिन स्थानिय कलाकार हरुको साथमा घरदैलो देउसी भैलो कार्यक्रम आयोजना गरिने अध्यक्ष ध्रुव पौडेल बताएका छन् ।
उक्त देउसी भैलोबाट संकलित रकम जेन्जी आन्दोलनको क्रममा क्षेति भएका सरकारी पुर्वधार पुननिमार्णको लागि नेपाल सरकार अर्थमन्त्रालयको आधिकारीक कोषमा सहयोग रकम दाखिला गरिने पौडेल बताए । गैह्र आवासीय नेपाली संघ राष्ट्रिया समन्वय परिषद् अष्ट्रियाले आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट आएको रकम सामाजिक तथा निर्माण कार्यमा सहयोग गरिने भएको हुदाँ सबैलाई साथ सर्मथन गर्न समेत आग्रह गरेको छ ।
एनआरएनए राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाको नवगठित कार्यसमितिको पहिलो बैठक यही सोज ५ गते (२१ सेप्टेम्बर २०२५) का दिन अध्यक्ष श्री ध्रुव पौडेलज्यूको अध्यक्षतामा बसेको थियो ।