पोखरा ।नवौं प्रधानमन्त्री एनभिए कप पुरुष तथा महिला भलिबल लिममा महिलातर्फ नेपाल पुलिस क्लबले उपाधि हात पारेका छन् । नेपाल भलिबलको संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत बिहीबार भएको फाइनलमा नेपाल पुलिस क्लबले न्यू डायमन्डलाई पराजित गर्दै उपाधि चुमेका हुन् । यो जितमा हेल्प नेपाल माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनसिपमा समेत छनोट भएको छ ।
न्यु डायमन्ड युथ स्पोर्टस एकेडेमीलाई ३–१ ले हराउँदै पुलिस उपाधि रक्षा गर्न सफल भयो । पुलिसले लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गरेको हो । पुलिस र न्यु डायमन्ड नेपालमा हुने काभा महिला क्लब च्याम्पियनसिपका लागि छनोट भएका छन् ।
उत्कृष्ट लयमा रहेको पुलिसले २५–२०, २२–२५, २८–२६ र २५–१४ ले जित्दै लगातार तेस्रो पटक उपाधि चुमेको हो । एभरेस्ट भलिबल क्लब तेस्रो भएको छ । नेपाल एपिएफ क्लबलाई ३–१ सेटले हराउँदै एभरेस्टले तेस्रो स्थान हाँसिल गरेको हो । थाइल्यान्डका ३ खेलाडी सम्मिलित एभरेस्टले २५–१८, १०–२५, २५–१३, २९–२७ ले खेल जितेको हो । नेपाल पुलिसले ८ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे । दोस्रो डायमन्डले ४ लाख ट्रफी, मेडल र प्रमाणपत्रमा पाए । एभरेस्ट भलिबल क्लबले समान २ लाख रुपैयाँ हात पारे । नेपाल भलिबल संघको आयोजनामा जेठ ८ गते सुरु भएको लिगमा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता थियो ।
