कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : आइतबार, जेष्ठ ११ २०८२


  • कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो

    कर्णाली प्रदेश सरकारले हुम्लाको लिमीमा बाढीपहिरो पीडितका लागि राहत सामग्री पठाएको छ, जसमा पिठो, सोलार सेट, टेन्ट र म्याट्रेस सेट समावेश छन्।राहत सामग्री प्रमुख जिल्ला अधिकारी र अन्य अधिकारीहरूले बोक्चेगौडामा बुझेका थिए, किनभने सडक निर्माणका कारण सिधै सिमकोटमा पुग्न सकेन।बाढीपहिरोले प्रभावित १९ परिवारका ३३ जना अहिले त्रिपालमुनि बसिरहेका छन्, र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।
    हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा जेठ १ गते राति आएको बाढीपहिरोबाट पीडितका लागि कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री यहाँ पुगेको छ ।

    प्रदेश सरकारले पठाएको पिठो, सोलार सेट, अस्थायी घर ९टेन्ट०, म्याट्रेस सेटलगायत राहत सामग्री यहाँ आइपुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । प्रदेश सरकारले पठाएको राहत सामग्री प्रजिअ पाण्डेय, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेललगायतले खार्पुनाथ गाउँपालिका–१ बोक्चेगौडामा पुगेर लिएका छन्।

    बोक्चेगौडा सडक निर्माण भइरहेका कारण सिधै सदरमुकाम सिमकोटमा पुग्न नसकेपछि उनको टोली शनिबार त्यहाँ पुगेर राहत सामान बुझी ल्याएको हो । उक्त सामान बोक्चेगौडा भिरमा बोकेर ओसारिएको थियो । यस्तै अन्य सुरक्षाकर्मीले भारी बोकेर भिर पार गरी सामग्री ओसारेका थिए । कर्णाली प्रदेश सरकारले पठाएको उक्त राहत सामग्री नाम्खा गाउँपालिका उपाध्यक्ष लामाको जिम्मा लगाइएको छ ।

    यही जेठ १ गते राति गाउँभन्दा माथिदेखि बाढीपहिरो आउँदा तिल गाउँका १९ परिवारका ३३ जना अहिले त्रिपालमुनि बस्दै आएका छन् । तिलगाउँमा आएको बाढीपहिरोबारे अनुसन्धान, अवलोकनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली अहिले उक्त स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend