शुभकामना आदानप्रदान कार्यक्रममा फोनिज कास्कीले गर्‍यो प्रहरी प्रमुख कार्कीलाई सम्मान


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, बैशाख १० २०८३


  • शुभकामना आदानप्रदान कार्यक्रममा फोनिज कास्कीले गर्‍यो  प्रहरी प्रमुख कार्कीलाई सम्मान

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक नविन कार्की विहीबार एक कार्यक्रम वीच सम्मानित हुनुभएको छ । गण्डकी प्रदेशको उत्कृष्ट कर्मचारी घोसित हुनुभएको र शान्ती सुरक्षा क्षेत्रमा उहाँले पु¥याउनु भएकोे योग्दानको उच्च कदरका साथ फोनिज कास्कीले सम्मान गरिएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्की शाखाद्धारा आयोजित नयाँ वर्ष २०८३ को सन्दर्भमा आयोजित शुभकामना आदन–प्रदान एवम् मैत्रीपूर्ण सद्भाव विकास कार्यक्रम मार्फत कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका रजिष्टार विमला भण्डारीले सम्मानपत्र फेटा र मालाले सम्मान गर्नुभएको थियो । उक्त अवसरमा बोल्नुहुँदै, रजिष्टार भण्डारीले कार्यक्रमले एकआपसमा भाइचरा, एकता र सुमधुर सम्बन्धमा कोसेढुंगा सावित गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले एकले अर्कालाई एक आपसमा सम्मान गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिनुहुँलाई आप्mनो अधिकार प्रयोग गर्दा अरुलाई हनन् गर्न नहुँने बताउनुभयो । विशेष अतिथिहरु फोनीज संघिय सचिव एम वी. आस्था मगर, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उरीक्षक नविन कार्की र कुमुदिनी होम्स स्कुलका संस्थापक अध्यक्ष तथा नेवा खल कास्कीका अध्यक्ष असोक पालिखेले मैत्रीपूर्ण सद्भालाई आत्मसाथ गर्दै अघि वढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा फोनिज गण्डकी प्रदेशका इन्चार्ज, रुद्रबहादुर श्रीस मगर राष्ट्रिय आदिवासी जनाजाति महिला महासंघ कास्कीका अध्यक्ष मिनमाया तामाङ, तमुह्युल छोज धिं, गुरुङ राष्ट्रिय परिषद कास्कीका अध्यक्ष सिता गुरुङ, आदिवासी जनाजाति लोकतन्त्रबादी महासंघ गण्डकी प्रदेशका जीत बहादुर तमु, दलित महिला संघ (फेडो) कास्कीका अध्यक्ष लक्ष्मीखाती परियार लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका नव निर्वाचित कार्यसमितीलाई प्रमुख अतिथीमार्फत खादा लगाइ बधाई ज्ञापन गरिएको थियो भने, आर्थिक सहयोगदाताहरु असोक पालिखे, सिता गुरुङ, जीत बहादुर गुरुङ र चिजकारी गुरुङलाई सम्मान पत्र र खादाले सम्मान गरिएको थियो । नेपाल आदिवासी जनाजाति पत्रकार महासंघ (फोनिज) कास्की अध्यक्ष विना कुमारी थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य धन बहादुर तामाङ र सह–सचिव प्रास्ना मानन्धरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend