कोटिहोममा एकै दिन झन्डै ५ लाख भक्तजनको उपस्थिति, २१ करोड दीप प्रज्वलन


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शनिबार, जेष्ठ २४ २०८२


  • कोटिहोममा एकै दिन झन्डै ५ लाख भक्तजनको उपस्थिति, २१ करोड दीप प्रज्वलन

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको सहभागी अहिले सम्मकै ऐतिहासिक रहेको छ । नेपालमा हुने जुन सुकै धार्मिक तथा सांस्कृतिक कार्यक्रममा अहिले सम्म यत्तिको उपस्थित भएको छैन ।

    महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका झन्डै ५ लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन् । भक्तजनको उपस्थितिले यति वेला पोखरा जारी कोटिहोम ऐतिहासिक अद्धितिय र अविस्मरणीय वनेको छ ।

    कोटिहोममा देशभर भरबाट आएका भक्तजनले महायज्ञ स्थल खचाखच भएको थियो । जसले गर्दा आयोजकलाई महायज्ञमा उपस्थित भक्तजन व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो। भक्तजनको भिडलाई आयोजकले कुशलता पूर्वक व्यवस्थापन गरेको थियो । कोटिहोममा आएका भक्तजनले अहिले सम्म यति ठुलो उपस्थिति नदेखेको भन्दै अचम्मित भएका थिए ।

    कोटिहोम दर्शन गर्न आउने भक्तजनको भिडले पोखराको यातायात सेवा नै प्रभावित भएको थियो। जसले गर्दा जिल्ला ट्राफिक कार्यालय कास्की बाट खटिएका ट्राफिकलाई यातायात व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो ।

    आज निर्जला एकादशी त्यस माथि आज नै २१ करोड दीप प्रज्वलन भएका कारण पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो ।  बिहान १० बजे ज्योति भिजाएर साँझ ६ बजे २१ करोड दीप प्रज्वलन गरिएको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले थापाले जानकारी दिए । कोटिहोममा आउने प्राय भक्तजनका हातमा ज्योति भेटिन्थ्यो । यति ठुलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दाबी छ ।

    कोटिहोममा शनिवार प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुतिले पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो । दैनिक रूपमा महायज्ञमा हुने विभिन्न धार्मिक गतिविधि तथा राष्ट्रिय स्तरका कलकारहरूको प्रस्तुतिले पनि भक्तजनको आगमनलाई बढाएको छ ।

    कोटिहोममा भागवत मञ्जरी राधिका दासी आज क्षेत्री समुदायको पोसाकमा कथा वाचन गरेकी छन् । भागवत मञ्जरी राधिका दासी गत सोमबार गुरुङ समुदायको पोसाकमा कथा वाचन गरेसँगै आज क्षेत्री समुदायको पोसाक गुन्यो चोलीमा आएर कथा वाचन गरेकी हुन् । आफू जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले विभिन्न समुदायको पहिरनमा रहेर कथा वाचन गर्ने गरेकी छन् ।

    भागवत मञ्जरी दासीले कोटीहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । उनले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए । यसअघि जेठ २६ सम्म सञ्चालन हुने कोटीहोमको समयावधि थप गरेर ३१ गतेसम्म पु¥याइएको हो ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend