कौराहा संरक्षण पत्रकारिता पुरस्कार मीना थापा मगरलाई


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बुधबार, असार २४ २०८३


  • कौराहा संरक्षण पत्रकारिता पुरस्कार मीना थापा मगरलाई

    राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८३’ बाट पत्रकार मीना थापा मगर पुरस्कृत हुने भएकी छिन् । फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीष मगरको संयोजकत्वमा अधिवक्ता मनोज घर्ती मगर, राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिका अध्यक्ष नरमाया आले मगर, मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगर तथा संघका सचिव बल बहादुर रोका मगरको छनौट समितिले यो पटक पत्रकार मीना थापा मगरलाई सम्मान गर्ने निर्णय गरेको हो ।

    राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित यो पुरस्कार हरेक वर्ष नेपाल मगर पत्रकार संघ कास्कीले प्रदान गर्दै आइरहेको छ । पोखराको पत्रकारिताको क्षेत्रमा रहेर कौराहा सहित मगर समुदायको संस्कार र संस्कृतिको विषयमा लामो समयदेखि कलम चलाउँदै आइरहेकी थापालाई यो वर्ष उनको योगदानका आधारमा सम्मान गर्न लागिएको छनौट समितिका संयोजक श्रीषले बताए । संयोजक श्रीषका अनुसार पत्रकार थापालाई नगद १५ हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिने छ ।

    गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनको प्रमुख आतिथ्यतामा यही असार २६ गते शुक्रबार पोखराको अमरसिंङमा रहेको पोखरा सेकुवा घरमा एक कार्यक्रमको आयोजना गरी पत्रकार थापालाई सम्मान गरिने संयोजक श्रीषले जानकारी दिएका छन् । योभन्दा अगाडि यस पुरस्कारबाट कमला राना मगर, तिलक पुन, प्रताप राना मगर, रुद्र हितान मगर, खेम सारु मगर, एमबी आस्था मगर, मनोज घर्ती मगर, शारदा झेडी मगर र रुद्र श्रीस मगर सम्मानित भइसकेका छन् ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend