आर्थिक वर्ष २०८२÷८३ का लागि कुल ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको छ । गण्डकी प्रदेशसभामा अर्थमन्त्री टकराज गुरुङले आगामी वर्षको आय–व्यय विवरण आइतबार (आज) सार्बजनिक गरेका हुन् ।
आर्थिक वर्ष २०८२÷८३ को बजेटमा चालु खर्चका लागि १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ । पूँजीगत खर्चका लागि १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ विनियोजन गरिएको छ । । त्यसैगरी, वित्तीय व्यवस्थातर्फ २५ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
अर्थमन्त्री गुरुङले विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि तथा पूर्वाधारलाई प्राथमिकता दिइएको पनि जानकारी दिए। ७ अर्ब ७३ करोड रुपैया वित्तीय समानीकरणबाट प्राप्त हुँदा ९ अर्ब २९ करोड राजश्व बाँडफाटबाट प्राप्त हुने सरकारको अनुमान छ । आन्तरिक आम्दानी ५ अर्ब ४५ करोड हुने र १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणबाट उठाइने अर्थ मन्त्रीले बताए । नपुग सवा २ अर्व रुपैयाँ चालु आवको बजेटबाट खर्च नभइ सञ्चित कोषमा रहने अर्थमन्त्री गुरुङले बताए ।