गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा अनुसन्धान प्रस्तावना लेखनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सुरु


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शनिबार, जेष्ठ १६ २०८३


  • गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा अनुसन्धान प्रस्तावना लेखनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सुरु

    पोखरा, जेठ १६ गते ।
    पोखरास्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायअन्तर्गत एमबीएस तहमा अध्ययनरत विद्यार्थीहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अनुसन्धान प्रस्तावना लेखनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सुरु भएको छ । एमबीएस चौथो सेमेस्टर (भर्ना वर्ष २०२४) का विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यशाला जेठ १७ गतेसम्म सञ्चालन हुनेछ ।
    क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिको आयोजनामा सुरु भएको उक्त कार्यक्रमको उद्घाटन सत्र क्याम्पस प्रमुख धर्मराज बरालको प्रमुख आतिथ्यता तथा अनुसन्धान व्यवस्थापन समितिका संयोजक मोहन भण्डारीको संयोजकत्वमा सम्पन्न भएको हो ।
    उद्घाटन सत्रलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख बरालले उच्च शिक्षामा अनुसन्धानको महत्व दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै विद्यार्थीहरूमा अनुसन्धान संस्कृतिको विकास गर्न यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले विश्वविद्यालयीय शिक्षाको प्रमुख उद्देश्य केवल पाठ्यक्रम पूरा गर्नु मात्र नभई अनुसन्धान, विश्लेषण र नवीन ज्ञान सिर्जनातर्फ विद्यार्थीलाई प्रेरित गर्नु रहेको धारणा व्यक्त गर्नुभयो ।
    क्याम्पसले विद्यार्थीहरूको अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्न नियमित रूपमा विभिन्न शैक्षिक तथा प्राज्ञिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै उहाँले यस कार्यशालाले विद्यार्थीहरूलाई अनुसन्धान प्रस्तावना तयार गर्ने, अनुसन्धान समस्या पहिचान गर्ने तथा वैज्ञानिक ढंगले अध्ययन सञ्चालन गर्ने सीप विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
    कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संयोजक भण्डारीले अनुसन्धान प्रस्तावना लेखन अनुसन्धान प्रक्रियाको पहिलो र महत्वपूर्ण चरण भएको उल्लेख गर्नुभयो ।
    उहाँले गुणस्तरीय अनुसन्धानका लागि समस्या छनोट, उद्देश्य निर्धारण, साहित्य समीक्षा, परिकल्पना निर्माण, अनुसन्धान विधि तथा तथ्याङ्क विश्लेषणसम्बन्धी ज्ञान अपरिहार्य हुने बताउनुभयो ।
    कार्यशालामार्फत विद्यार्थीहरूले अनुसन्धान प्रस्तावनाको संरचना, लेखन शैली, उद्धरण तथा सन्दर्भ व्यवस्थापन, अनुसन्धान नैतिकता र तथ्याङ्कीय विश्लेषणका आधारभूत पक्षहरूबारे व्यावहारिक ज्ञान प्राप्त गर्ने जानकारी दिनुभयो ।
    उहाँका अनुसार कार्यशालामा सहभागी विद्यार्थीहरूले दुई दिनको अवधिमा समूह तथा व्यक्तिगत रूपमा नमुना अनुसन्धान प्रस्ताव तयार गरी समापन सत्रअघि प्रस्तुति गर्नुपर्ने व्यवस्था रहेको जानकारी गराउनुभयो ।
    यस प्रक्रियाले विद्यार्थीहरूलाई सिकेका विषयवस्तु व्यवहारमा उतार्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्दै उहाँले भविष्यमा उत्कृष्ट लेखहरुलाई अनुसन्धानात्मक लेखमार्फत जर्नल प्रकाशनतर्फ समेत उन्मुख गरिने बताउनुभयो ।
    कार्यशालामा अनुसन्धानसम्बन्धी विभिन्न विषयमा क्याम्पसका अनुभवी प्राध्यापकहरूले सहजीकरण गरिरहनुभएको छ ।
    सहजकर्ताका रूपमा क्याम्पस प्रमुख धर्मराज बराल, अनुसन्धान व्यवस्थापन समिति संयोजक मोहन भण्डारी, एमबीएस कार्यक्रम संयोजक राजकुमार सुवेदी, अनुसन्धान व्यवस्थापन समिति सदस्य सुरेन्द्र कार्की र उपप्राध्यापक सन्तोष भण्डारी रहनुभएको छ ।
    क्याम्पसले विद्यार्थीहरूमा अनुसन्धान संस्कृति विकास गर्ने, गुणस्तरीय शोधकार्यतर्फ अभिप्रेरित गर्ने तथा विश्वविद्यालयीय शिक्षालाई अनुसन्धानमुखी बनाउने उद्देश्यले कार्यशाला, तालिम तथा अन्तरक्रियात्मक कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको छ ।
    एमबीएस चौथो सेमेस्टरमा अध्ययनरत २० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै एमबीएस कार्यक्रम संयोजक राजकुमार सुवेदीले वर्तमान समय ज्ञानमा आधारित समाज निर्माणको युग भएको उल्लेख गर्दै अनुसन्धानले शैक्षिक गुणस्तर वृद्धि मात्र नभई नीति निर्माण, संस्थागत विकास तथा सामाजिक रूपान्तरणमा समेत महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।
    क्याम्पसको सभाहलमा सञ्चालीत उक्त कार्यक्रमको सञ्चालन Employment and Placement Cell का संयोजक सन्तोष भण्डारीले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend