चेकजाँचमा खटिएका ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : मंगलबार, पौस २२ २०८२


  • चेकजाँचमा खटिएका ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु

    पोखरा । ड्युटीमा खटिएका एक ट्राफिक प्रहरीको कारको ठक्करबाट मृत्यु भएको छ ।बुटवल धागो कारखाना अगाडिको सडकमा चेकजाँचमा खटिएका ट्राफिक प्रहरी सहायक हबलदार नागेश्वर पाललाई बागमती प्रदेश १–००३ च ००७७ नं. कारले सोमबार अपराह्न सवा चार बजेतिर ठक्कर दिएको थियो ।
    उनलाई तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चार बजेर ३८ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए ।

    ट्राफिक प्रहरीलाई ठक्कर दिने कारका चालक गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं १ बस्ने ५६ वर्षीय जितेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको सूचना अधिकारी कार्कीले बताए ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend