डाटा प्याकेज सकिएपछि ब्यालेन्स काटिने व्यवस्था अन्त्य


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बुधबार, चैत्र २५ २०८२


  • डाटा प्याकेज सकिएपछि ब्यालेन्स काटिने व्यवस्था अन्त्य

    नेपाल टेलिकमको डाटा प्याकेजसम्बन्धी सेवामा सुधार भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल ब्यालेन्स काटिने व्यवस्था अन्त्य भएको छ ।

    अब ग्राहकको डाटा प्याकेज ९० प्रतिशत खपत भइसकेपछि नै एसएमएस तथा मोबाइल एपमार्फत सूचना पठाइनेछ । त्यसपछि ग्राहकलाई आवश्यकताअनुसार प्याकेज पुनः नवीकरण गर्न अनुरोध गरिने व्यवस्था लागु गरिएको मन्त्रालयले जनाएको छ ।

    यसअघि डाटा प्याकेज सकिएलगत्तै स्वतः मुख्य ब्यालेन्सबाट रकम कट्ने गुनासो बढेपछि मन्त्रालयले उक्त व्यवस्था हटाउने निर्णय गरेको हो । नयाँ व्यवस्थाअनुसार ग्राहकले चाहेमा मात्र पास एस यु गो प्रणाली प्रयोग गर्न सक्नेछन् ।

    यो प्रणाली प्रयोग गर्न इच्छुक ग्राहकले *444# डायल गरी उक्त सेवा इनेबल वा डिसेबल गर्न सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले स्पष्ट पारेको छ ।

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend