तमु ल्होछार आगमनमा तमु धिंले औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शुक्रबार, पौस ११ २०८२


  • तमु ल्होछार आगमनमा तमु धिंले औषधोपचारका लागि १० बिरामीलाई २ लाख ५० हजार सहयोग

    पोखरा, ११ पौष
    तमु ल्होछार आगमनको अवसरमा तमु धिं नेपालले शुक्रवार १० जना विरामीलाई २ लाख ५० हजार रुपैया स्वास्थ्योपचारका लागि सहयोग वितरण गरेको छ।
    तमु समुदायको महान चाड, राष्ट्रिय पर्व तमु ल्होछार आगमनको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्र्तगत तमु धिं नेपालका परमआदरणीय मेजर जयबहादुर–उदय चन्द्र–मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषबाट १० जना विरामीलाई जनही २५ हजार रुपैयाको दरले औषधोपचारका लागि सहयोग वितरण गरेको हो।
    औषधोपचार सहयोग पाउनेहरुमा मिरुवा तमु समाजका प्रेमकाजी गुरुङ, पोखरा २७ का प्रेमबहादुर कुमाल, तनहुँ तमु समाजकी सितामाया गुरुङ, बाग्लुङ निसिखोलाका राज लोप्चन तामाङ, रुपा २ का डिलबहादुर गुरुङ, पोखरा २९ की मिना नेपाली, खिलाङ गुरुङ समाजका भेषराज गुरुङ खिलाङ गुरुङ, स्याङजा गल्याङकी कलावती पौडेल, ताङतिङ दुधपोखरी तमु समाजकी संगिता गुरुङ र हिमाली गुरुङ परिवार लमजुङ इलमपोखरीकी डिलुमाया गुरुङ रहेकाछन् ।
    तमु धिं नेपालले पुस १४, १५ र १६ गते पोखरा १, बगर, पुरानो टुँडिखेलमा बिगमार्ट तमु ल्होछार महोत्सव आयोजना गरी उमंगका साथ ल्होछार मनाइरहदा आर्थिक अभावले औषधोपचारमा समस्यामा परेका विरामीहरुलाई उपचारका लागि सहजता होस भनि सहयोग हस्तान्तरण गरेको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिनुभयो। ल्होछार महोत्सवकै अवसरमा तमु धिं नेपालले शनिवार पुरानो टुंडिखेल सरसफाई, पुस १३ गते बिहान तमु ह्युल चोक सरसफाई, बेलुका तमु ह्युलचोकमा दीप प्रज्वलन तथा शुभकामना आदान प्रदान कार्यक्रम राखेको छ । यसरी नै पुस १४ गते शुभकामनासहित बृहत झाँकी र्याली नदिपुर बालमन्दिरचोकबाट भैरवटोल, बिन्दबासिनी, बागबजार हुदै पुरानो टुँडिखेलमा पुगी महोत्सव उद्घाटन समारोहमा परिणत हुने तमु धिं नेपालले जनाएको छ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend