देविस्थान सेवा समाज हिले महोत्सव -२०८२ सम्पन्न


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : सोमबार, असार १६ २०८२


  • देविस्थान  सेवा समाज हिले महोत्सव -२०८२ सम्पन्न

    पोखरा, १५ असार । पोखरा–२५ हेमजा स्थित देवीस्थान सेवा समाजले पाचौ हेमजा हिलो महोत्सव–२०८२ सम्पन्न गरेको छ । आइतबार दिनभरजसो हेमजामा हिले महोत्सवको रौनकमा रह्यो। दिनभरको झरी नभनी महोत्सवमा बुढा पाकादेखि युवा हुँदै केटाकेटीसम्म रमाइलो गरे । त्यति मात्र कहाँ हो अन्नपुर्णं, माछापुच्छे« साँथै पोखरा महानगरका छिमेकी वडाका नागरिकहरूको पनि बाक्लो उपस्थिति देखियो ।

    करिब ११ः०० बजे सम्म स्थानीय देवीस्थान माई मन्दिरमा भेला भए । त्यहाँबाट कृषि झाँकी सहितको शोभा यात्रामा सहभागी हुँदै देवीस्थान मार्ग हुँदै मिलनचोक परिकमा गरी महोत्सव स्थलमा पुगे । महोत्सव स्थल धजापतका र सहयोगदाताका ब्यानर बाट लोभलाग्दो रूपमा सिँगारिएको थियो । विगतको वर्षको तुलनामा निकै परक र व्यवस्थित देखियो ।

    महोत्सवमा समाजले हिले दौड, रस्साकस्सी , झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बिच असारे भाका, तथा माछा समाउने लगायतका प्रतियोगिता सम्पन्न गरेको छ ।

    महोत्सवलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले हेमजाको पहिचानसँग हेमजामा विभिन्न समयमा हुने अन्य महोत्सव जसरी नै हिले महोत्सव जोडिएको र आफ्नो छुटै मौलिकता महत्त्व रहेको बताए । साथै पोखरा महानगरले हिले महोत्सवलाई विशेष प्राथमिकतामा राखेर सहयोग गर्दै आएको समेत उल्लेख गरे ।

    कार्यक्रम कृषि निर्देशनालय वरिष्ठ कृषि प्रसार अधिकृत अर्जुन देव ज्ञाँँवलीले निर्देशनालयलाई पनि कार्यक्रममा सहकार्य गर्ने अवसर मिलेकोमा आयोजकलाई धन्यवाद दिए । यस्ता कार्यक्रमले हाम्रो नेपाली समाजको आफ्नो मौलिकता, पहिचान बोकेको हुँदा निरन्तरता दिनुपर्ने र आगामि दिनमा पनि सहकार्यका गर्ने आशय व्यक्त गरे ।

    विष्णु पादुका धार्मिक क्षेत्र गुठी व्यवस्थापन समितिका अध्यक्ष तथा देवीस्थान सेवा समाजका सल्लाहकार चूडामणि तिम्सिनाले युवा पुस्ताको सक्रियतामा आफ्नो रीति रिवाज, परम्परागत संस्कार संकृतिको जर्गेना गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना हुनु हाम्रो समाजका लागि गर्वको विषय रहेको बताए । संस्कार संकृतिको युवामा पुस्तान्तरण आजको आवश्यकता रहेको बताए ।

    महोत्सव अन्तर्गत भएको झाँकी ¥याली तर्फ देवीस्थान आमा समूह प्रथम, देवीस्थान भजन समूह दोस्रो तथा चापाघाट आमा समूह तेस्रो भए।

    त्यस्तै ४० वर्षमाथिको पुरुष हिले दौड तर्फ ईश्वर सापकोटा पहिलो तथा वसन्त सापकोटा दोस्रो, हिले दौड महिला खुलातर्फ रमा भण्डारी पहिलो साथै कल्पना भण्डारी दोस्रो हुन सफल भएको महोत्सव मूल आयोजक समितिका संयोजक चन्द्रकला पोख्रेले जानकारी दिइन ।

    त्यस्तै विद्यालय स्तरीय धान रोपाइ प्रतियोगितामा विष्णुपादुका मा.वि पहिलो, हेमजा बेडिङ दोस्रो भयो । हिले दौड खुल्लामामा सागर नेपाली प्रथम तथा अभियान तिम्सिना दोस्रो भए।

    त्यसैगरी रस्साकस्सी प्रतिस्पर्धामा सुन्दर पुरी युवा समूह पहिलो तथा सिमपानी दाजुभाई दोस्रो, बच्चा दौडमा वसन्त रसाइली प्रथम हुन सफल भए।

    हलगोरु दौडमा हरी परियार प्रथम, रोशन परिवार दोस्रो भए । रस्साकस्सी महिलातर्फ प्रथम र विश्वकर्मा आमा समूह दोस्रो, असारे गीत प्रतियोगितामा दहरे देउराली आमा समूह प्रथम, देवीस्थान आमा समूह दोस्रो साथै माछा समाउनेमा सरूँ परियार प्रथम र विवेक वि.क दोस्रो भएको आयोजकले जानकारी दिएको छ।

    कृषिमा कृषकलाई प्रोत्साहन विष्णु पादुका मन्दिर हेमजाको सान नाराकारसाथ स्थानीय देवीस्थान टोलमा महोत्सव भएको हो।

    कार्यक्रमका बिच हेमजाका कृषक डिल्लीनाथ अधिकारी,सीता तिम्सिना, र गोविन्द तिम्सिनालाई उत्कृष्ट किसान बाट सम्मानित भएका थिए । साथै हेमजाका विद्यालय मध्यबाट २०८१ को एसइइ मा ४ जिपिएका साथ उत्कृष्ट नतिजा ल्याउन सफल स्नो भ्यु सेकेन्डरी स्कुलका अंकित थापालाई पनि सम्मानित भए । हालै सम्पन्न मानव सेवा फाउन्डेसन नेपाल द्धारा आयोजित ऐतिहासिक श्री गण्डकी ज्ञान कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ मा आयोजित कोटिहोममा देशै भरीका तीन सय भन्दा बढी भजन प्रतियोगीहरू बिच हेमजाबाट प्रथम भएको देविस्थान भजन समुह,द्धितिय माछापुच्छ्रे« सेवा समाज र उत्कृष्ट शब्द चयनको स्थान हासिल गर्न सफल मातृकेश्वर भजन समुहलाई भजन मार्फत हेमजालाई चिनाउन महत्त्वपूर्ण भूमिका रहेको भन्दै सम्मान गरियो ।

    महोत्सव देवीस्थान सेवा समाजका अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको स्वागत कार्यक्रम संयोजक चन्द्रकला पोख्रेलले र सञ्चालन सचिव पुष्पराज तिम्सिनाले गरेका थिए ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend