नेपाली दूताबास महामहिम राजदूत र एनआरएनए अष्ट्रियाको पदाधिकारीहरूबीच भेटघाट


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०८२


  • नेपाली दूताबास महामहिम राजदूत र एनआरएनए अष्ट्रियाको पदाधिकारीहरूबीच  भेटघाट

    भियना स्थित नेपाली दूताबासमा महामहिम राजदूत श्री भरत कुमार रेग्मीज्यू र एनआरएनए अष्ट्रियाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूबीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ।

    संयुक्त राष्ट्रसंघ भियना स्थायी नियोगका स्थायी प्रतिनिधि तथा राजदूत महामहिम रेग्मीज्यूले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै दूताबास सधैं अस्ट्रीयामा बसोबास गर्ने नेपाली समुदाय तथा एनआरएनए लगायत सबै संघ–संस्थाहरूसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो।

    अन्तरक्रियात्मक छलफलका क्रममा एनआरएनए अष्ट्रियाका अध्यक्ष श्री ध्रुव ब। पौडेलज्यूले क्रोएसिया लगायत अन्य देशहरूमा पासपोर्ट बनाउन आउने नेपालीहरूले भोग्दै आएका समस्याको सहजीकरण सम्बन्धी विषयमा राजदूत रेग्मीज्यू, दूतावास सचिव श्री लेखनाथ गौतमज्यू र अर्का सचिव श्री अनिल लम्साल ज्यूसँग विस्तृतरूपमा छलफल गर्नुभएको थियो। उहाँले हाल देखा परेका समस्या समाधानका लागि सहज वातावरण बनाउन अनुरोध गर्नुभएको थियो।

    कार्यक्रममा आईसिसि सदस्य मनोज बिष्ट , उपाध्यक्ष दय तुल बोहरा र शिभ खड्काले जिज्ञासा् राखेका थिए। महामहिम राजदूत रेग्मीज्यूले दूताबासले नियम–कानुनको दायराभित्र रही सेवाग्राहीका लागि सबै किसिमको सहयोग गर्ने र दूताबास र नेपाली समुदायबीचको सम्बन्धलाई अझ सुमधुर र योजनाबद्ध रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend