नेपाल डेण्टल एसोसिएशन, कास्कीको नयाँ नेतृत्वमा डा. सुदिप गिरी


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : सोमबार, भाद्र २ २०८२


  • नेपाल डेण्टल एसोसिएशन, कास्कीको नयाँ नेतृत्वमा डा. सुदिप गिरी

    पोखरा

    नेपाल डेण्टल एसोसिएशन, कास्की शाखाको २०८२–८४ कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित भएको छ। अध्यक्षमा डा. सुदिप गिरी, उपाध्यक्षमा डा. पुरन विश्वकर्मा, महासचिवमा डा. आशीष कुँवर सिंह, कोषाध्यक्षमा डा. नीता थापा केसी, सह–सचिवमा डा. सन्ध्या पौडेल बराल तथा सदस्यहरुमा डा. अनुपा वाग्ले, डा. अनुप ओझा, डा. पवन पाठक र डा. अन्जल जिसी चयन भएका छन्।

    निर्वाचन गत श्रावण १० गते सम्पन्न भएको थियो भने नयाँ कार्यसमितिले भाद्र १ गते पदभार ग्रहण गरेको हो।

    नव–निर्वाचित अध्यक्ष डा. गिरीले दन्त चिकित्सकबीच आपसी सम्बन्ध र भाइचारालाई मजबुत बनाउने, तालिम तथा सम्मेलन (CDE) कार्यक्रममार्फत दन्त चिकित्सकको सीप अभिवृद्धि गर्ने, दन्त उपचारको पहुँच तथा गुणस्तर सुधार गर्ने र दर्ता प्राप्त दन्त चिकित्सक बाहेक अन्य व्यक्तिबाट हुने ‘कुट–चिकित्सा’ (quackery) को निर्मूलनलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसका लागि केन्द्रिय नेपाल डेण्टल एसोसिएशन, नेपाल मेडिकल काउन्सिल, स्थानिय र प्रदेश सरकारसँग घनिष्ठ समन्वय गरेर प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend