काठमाडौँ : नेपाल प्रहरीमा भर्ना आह्वान गरिएको छ । प्रहरीले अधिकृत पदमा ठूलो संख्यामा पदपूर्तीका लागि सूचना प्रकाशित गरेको हो ।
प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक प्रहरी निरीक्षक (असई)मा भर्ना खुलाएको हो । शुक्रवार प्रकाशित सूचनामा ९६ जना इन्स्पेक्टर र २६० जना असई माग गरिएको छ ।
प्रहरी निरीक्षक पदका लागि स्नातक उत्तीर्ण र २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि शैक्षिक योग्यता प्रमाणपत्र वा सो सरह उत्तीर्ण र र उमेर १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने प्रहरीद्वारा जारी सूचनामा उल्लेख छ ।
आवेदनका लागि एक महिनाको समय तोकिएको छ ।
यस्तो छ सूचना :
