नेपाल र युरोपेली मुलुक रोमानियाबीच श्रम सम्झौता


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शुक्रबार, असोज २६ २०८०


  • नेपाल र युरोपेली मुलुक रोमानियाबीच श्रम सम्झौता

    नेपालको आकर्षण रोजगार गन्तव्य युरोपेली मुलुक रोमानियासँग श्रम सम्झौता भएको छ । यसअघि श्रम सम्झौता नभए पनि नेपालीहरू रोजगारीका लागि रोमानिया गइरहेका थिए । श्रम सम्झौता भएसँगै अब रोमानिया नेपालीका लागि सुरक्षित रोजगार गन्तव्य मुलुक बनेको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र मिनिष्ट्री अफ लेबर एन्ड सोसियल सोलाडिरिटी अफ रोमनियाका मन्त्री सिमोना बुकुरा अप्रेस्कुले श्रम समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । नेपाल र रोमानियाबीच कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि श्रम समझदारी भएको छ ।

    रोमानियामा सामाजिक सुरक्षाको हक कुनै पनि आप्रवासी कामदारले स्थानीय श्रमिकसरह पाउने व्यवस्था भएकाले अब नेपाली श्रमिकले पनि सो सुविधा पाउने भएका छन् ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend