पोखरा। भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नताबारे गृहमन्त्री रमेश लेखकले प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्ने गर्दै छन् । संसद् भवन ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गरिएको मन्त्री लेखकको सचिवालयले जनाएको छ। बुधबार (आज) बेलुका ५ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको गरिदै छ ।प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लेखकलाई मंगलबार र बुधबार बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलनमार्फत उक्त प्रकरणबारे प्रष्टीकरण दिन लागेका सचिवालयले जनाएको छ।