पहाडको सुन्दरता हेर्न बन्दिपुर


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : सोमबार, बैशाख २९ २०८२


  • पहाडको सुन्दरता हेर्न बन्दिपुर

    पोखरा २९ बैशाख ।
    पोखराका पर्यटन व्यवसायीले तनहुको बन्दिपुर गाउँपालीकासंग पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने वारे छलफल गरेका छन् ।ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल टान गण्डकीको नेतृत्वमा गएको पर्यटन व्यवसायी हरुको टोलीले बन्दीपुर गाउँपालिकाद्धारा आयोजित अन्तिरक्रिया कार्यक्रममा सहभागि भएका थिए ।

    पयर्टन ब्यवसायी तथा स्थानिय सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा पोखरा भ्रमण वर्ष सन् २०२५ र बन्दीपुर भ्रमण वर्ष सन् २०२५ का वारेमा चर्चा गरिएको थियो ।

    कार्यक्रममा बोल्दै बन्दीपुर गाउपालिका प्रमुख सुरेन्द्रबहादुर थापाले पहाडकी रानी बन्दिपुरमा आन्तरिक र बाह््य पर्यटकका लागि भ्रमणका लागि अनुरोध गरेका छन् । बन्दिपुरलाई एग्रो टुरिजमको विकास गर्नका लागि भ्रमण वर्ष मनाउन लागिएको थापाले बताए । भ्रमण वर्षमा ५ लाख पर्यटक भित्राउने लक्ष्य रहेको उनले सुनाए ।

    नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरा आउने पर्यटक पहाडको सुन्दरता हेर्न बन्दिपुर पनि जान सक्ने बताए ।
    टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपालको पर्यटकीय राजधानी आउने पर्यटक आदानप्रदान गर्नका लागि आफुहरु लागेको बताए ।
    कार्यक्रममा बन्दिपुर गाउँपालिकाका जनप्रतिनिध, भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङ, सहसंयोजक, बन्दीपुर होटल संघ रेवान बन्दीपुरका प्रतिनिधि लगायतले बन्दिपुर भ्रमण वर्षका वारे बोलेका थिए ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend