पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा काठमाडौँमा भव्य एकता परेड हुने


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शनिबार, पौस २६ २०८२


  • पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा काठमाडौँमा भव्य एकता परेड हुने

    काठमाडौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमाकाठमाडौँमा भव्य एकता परेड आयोजना हुने भएको छ। पौष २७गते बिहान ११ बजे भद्रकालीदेखि सिंहदरबारसम्म एकता परेडनिकालिने कार्यक्रम तय गरिएको छ।

    राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिने उक्तपरेडमा हजारौँको सङ्ख्यामा नेपालीहरूको सहभागिता रहने अपेक्षागरिएको छ। नेपालीहरूलाई कुनै औपचारिक प्रक्रिया बिना स्वस्फूर्तरूपमा उपस्थित भई कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ।

    परेडमा सहभागी हुने सबैले आफ्नो भेषभूषा, संस्कृति पहिचानझल्किने गरी सहभागिता जनाउन आग्रह गरिएको छ। विविध जाति,भाषा संस्कृतिको प्रतिनिधित्व हुने यो एकता परेडले नेपालीसमाजको बहुसांस्कृतिक स्वरूप राष्ट्रिय ऐक्यबद्धतालाई सशक्तरूपमा प्रस्तुत गर्ने विश्वास लिइएको छ।

    पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवका रूपमामनाउने क्रममा काठमाडौँ मात्र नभई देशभर विभिन्न कार्यक्रमहरूआयोजना गरिँदैछन्। यस अवसरमा सांस्कृतिक कार्यक्रम, दिव्योपदेश वितरण एवं वाचन तथा विविध रचनात्मक गतिविधिहरूसञ्चालन हुने जनाइएको छ।

    पृथ्वी नारायण शाहले निर्माण गरेको एकीकृत नेपालको भावना, राष्ट्रिय स्वाभिमान बलिदानको सम्मानलाई केन्द्रमा राखेर परेडआयोजना गरिएको हो। यसले नयाँ पुस्तामा राष्ट्रिय चेतना अभिवृद्धिगर्नुका साथै इतिहासप्रतिको सम्मान भविष्यप्रतिको जिम्मेवारीकोसन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।

    एकता परेडको स्वयंसेवकको रूपमा जेन्जी मुभमेन्ट नेपालले भूमिकानिर्वाह गर्नेछ। प्रवक्ता विजय शाहका अनुसार नेपालको सबैभन्दाठूलो दिन भनेकै पौष २७ गते हो, हामी विभिन्न दल समूह वासमुदायका नाममा विभाजित भएपनि सबैजना एक ठाउँमा आएरएकताको सन्देश दिन जरुरी छ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend