पोखरामा ‘एसइई कप फुटसल’ हुँदैं, उत्कृष्ट ७ जनालाई न्यू ग्यालेक्सीमा स्कलरसीप दिइने


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०८२


  • पोखरामा ‘एसइई कप फुटसल’ हुँदैं, उत्कृष्ट ७ जनालाई न्यू ग्यालेक्सीमा स्कलरसीप दिइने

    पोखरामा पहिलो संस्करणको ‘एसइई कप फुटसल’ प्रतियोगिता आयोजना हुने भएको छ ।फुटबलर सुदिप सुनारको नेतृत्वमा आगामी असार ३ गते पोखरा महानगरपालिका ४ गणेशटोलस्थित बि–फिट फुटसल जोनमा प्रतियोगिता आयोजना गरिने भएको हो ।

    उक्त प्रतियोगिताको मुख्य उद्देश्य ट्यालेन्ट हन्टमार्फत उत्कृष्ट ७ जना विद्यार्थीलाई न्यू ग्यालेक्सी माविमा छात्रवृत्ति ९स्करलरसीप० प्रदान गर्ने रहेको सुदिप सुनारले जानकारी दिए । उनले सो प्रतियोगितामा ८, ९ र कक्षा १० का विद्यार्थीहरुले सहभागिता जनाउन पाउने बताउदै छात्रवृत्तिको व्यवस्था भने एसइई दिएका विद्यार्थीलाई मात्र प्रदान बताए ।

    यो पहिलो संस्करणको प्रतियोगिता हो । यसले निरन्तरता पाउँछ । प्रतियोगिता राख्नुको मुख्य उद्देश्य भनेको क्षमतावान र प्रतिभावान खेलाडीको खोजी गर्नु हो, उनले भने, ‘यो प्रतियोगिताको उत्कृष्ट ७ जना खेलाडीलाई कक्षा ११ र १२ मा अध्ययन गर्नका लागि शत प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेका छौ । त्यसका लागि न्यू ग्यालेक्सी माविसँग समन्वय गरेका छौं ।’

    उनले विद्यार्थीको इच्छा अनुसार जुनसुकै विषय अध्ययन गर्न पाउने गरी छात्रवृत्तिको व्यवस्था गरेको स्पष्ट पारे ।यो प्रतियोगितालाई ट्यालेन्ट हन्टको रुपमा पनि लिएको छु, उनले भने, ‘बेस्ट ७ जनालाई स्कलरसीपको व्यवस्था गरेकाले कक्षा ११ र १२ मा उनीहरुले चाहे अनुसारकै विषय पढ्न पाउँनेछन् ।’

    सो प्रतियोगिताको विजेताले नगद रु १५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले रु ७ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई स्पोर्टस् क्यासलमा र रत्नश्रीमा निशुल्क जिमको साथमा आकर्षक पुरस्कार प्रदान गरिने उनले बताए ।

    प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क नगद रु १ हजार निर्धारण गरिएको छ । भने, टिम दर्ता फोनमार्फत ९९८०२८०८६९८ र ९८००६९२१४१० पनि गर्न सकिनेछ । प्रतियोगिताको फाइनलमा स्पेशल गेष्टका रुपमा राष्ट्रिय फुटसल तथा फुटबल खेलाडी सुमित श्रेष्ठ र पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङको सहभागिता रहनेछ ।

    सो प्रतियोगितामा न्यू ग्यालेक्सी मावि, युनाइटेड बगर, स्पोर्टस् क्यासल प्रालि, बगर भाइखलक, सविन मेमोरियल र रत्नश्री जिमले साथ दिएको छ । यस्तै ब्रोडकास्टिङ पार्टनरको रुपमा स्पोर्ट भाइब्स नेटवर्क रहेको छ भने, मिडिया पार्टनरमा सुनगाभा न्यूज रहेको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend