पोखरामा पुरुष तथा महिला 3×3 बास्केटबल प्रतियोगिता हुने


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बुधबार, असार ३१ २०८३


  • पोखरामा पुरुष तथा महिला 3×3 बास्केटबल  प्रतियोगिता हुने

    पोखरा, प्रबिन मगर।

    भगवती युवा क्लब, राखु भगवती म्याग्दीको आयोजनामा साउन २ गते पोखरा रङशाला स्थित कबड हलमा खुल्ला पुरुष तथा महिला बास्केटबल  प्रतियोगिता आयोजना हुने भएको छ।

    प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ५ टिमको सहभागिता रहनेछ। प्रतियोगितामा तनहुँ ,कास्की ,पर्बत, काठमाडौ लगायत विभिन्न क्षेत्रबाट खेलाडीहरूले सहभागिता रहने आयोजकले जनाएको छ।

    क्लबले सामाजिक चेतना, अनुशासन, गतिशीलता, स्वाभिमान र विकासलाई मूल नाराका रूपमा अघि बढाउँदै स्थापना भएको भगवती युवा क्लबले पहिलो पटक खेलकुद कार्यक्रम आयोजना गर्न लागेको हो।

    क्लबले यसअघि राखु भगवती मन्दिरमा आयोजना हुने क्षेत्र पूजामा विशेष सहयोग गर्दै आएको, वार्षिक रूपमा चढाइने भजन कार्यक्रम सञ्चालन गर्ने तथा सामाजिक क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।प्रतियोगिताको संयोजन सुलभ मल्ल ले गर्नेछन्।

    आयोजकका अनुसार प्रतियोगितामार्फत खेलकुदको विकाससँगै युवाहरूबीच आपसी भाइचारा र एकता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

    प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले ४२ हजार २२२ रुपैयाँ, ट्रफी, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले २२ हजार दुइसय २२ रुपैयाँ, ट्रफी, मेडल र गिफ्ट ह्याम्पर पाउनेछ। त्यसैगरी महिलातर्फ विजेता टोलीले २५ हजार दुइसय २२ रुपैयाँ तथा उपविजेता टोलीले १५ हजार दुइसय २२ रुपैयाँ सहित ट्रफी, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend