युनाईटेडको रक्तदानमा ४६ युनिट रगत संकलन


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बुधबार, बैशाख ३ २०८२


  • युनाईटेडको रक्तदानमा ४६ युनिट रगत संकलन

    पोखरा ।
    युनाईटेड क्लबले १५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भएको छ । पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरि सामाजिक काम गर्दै आइरहेको युनाईटेड क्लब पोखराले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भएको हो ।
    १५ औं वार्षिकोत्सवको अवसर पारि नयाँ वर्षको दिन बैशाख १ गते पोखरा वृद्धाश्रममा खाद्यान्न वितरण समेत सम्पन्न गरिसकेको युनाईटेड क्लबले १५ औं वार्षिकोत्सवको अवसरमा पोखराको अमरसिंहमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
    सो अवसरमा वोल्दै रक्त सञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधीक महेन्द्र केसीले हरेक तीन महिनामा रक्तदान गरेको खण्डमा रक्त अभावमा रहेकाहरुलाई सहयोग पुग्ने बताए ।
    युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले सामाजिक काममा अगाडी बढिरहेको युनाईटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी ब्राभो टे«ेनिङ सेन्टरका सञ्चालक धनराज गुरुङ, बृगेड गोर्खा टे«ेनिङ सेन्टरका सञ्चालक बिवेक गुरुङ, खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष दिननाथ बराल लगायत सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद ब्यक्त गरे ।
    युनाईटेड क्लबले नयाँवर्ष २०८२ को पहिलो दिन पोखरा बृद्धाश्रममा आश्रितहरुलाई खाद्यान्न वितरण गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको र दोश्रो कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गरेको उनको भनाइ रहेको थियो । युनाईटेडले सामाजिक कामलाई निरन्तरता दिने समेत थापाले बताए ।
    युनाईटेड क्लबका कार्यसमिति सदस्य विष्णु कुमार गुरुङको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend