पोखरा। आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ आफ्नो पार्टीको चुनाव चिह्न लिएर उम्मेदवार बन्न इच्छुकलाई उम्मेदवारीका लागि उज्यालो नेपाल पार्टी (उनेपा)मा आउन आह्वान गरेको छ ।
पार्टी प्रवक्ता डा राजु थापाका अनुसार शनिबार साँझ उनेपाले त्यसरी सहभागी हुन पुस ३० सम्मको समय दिएको हो । पक्रिया थालेको १२ दिनपछि आज शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता तोडिएपछि उनेपाले यस्तो आह्वान गरेको हो ।