प्रविन मगर पोखरा । गण्डकीमा प्रदेश संरचना सुरु भएको आठ वर्षपछि प्रदेशसभा भवनको मंगलबार शिलान्यास गरिएको छ ।पोखरा महानगरपालिका वडा नम्बर ३ नदीपुरमा बनेको प्रदेशसभा नयाँ भवन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गरेका हुन् ।
गण्डकी प्रदेशसभा भवन२५ करोड ३७ लाख ८२ हजार आठ सय ६१ रुपैयाँ लागतमा उक्त भवन बन्ने भएको हो । सहरी विकास तथा भवन कार्यालय कास्कीले बनाएको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बमोजिम भवन निर्माण हुने गण्डकी प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए । श्रेष्ठ एन्ड सन्स इस्ट वेस्ट जेभी काठमाडौंले उक्त भवनको जिम्मा पाएको उनले बताए ।
२०८१ माघ १८ गते भवन निर्माणको सम्झौता भएर केही काम अघि बढिसकेको र अहिलेसम्म भवनको जमिनको सतहमुनि गर्नुपर्ने कामहरु सकिएका छन् । डिपिआरअनुसार भवनको लागत ४४ करोड ९९ लाख ६० हजार तीन सय ७६ रुपैयाँ रहेको सहरी विकास तथा भवन कार्यालय कास्कीका प्रमुख ओमराज ढुंगानाले जानकारी दिए ।