प्रहरीद्वारा सर्लाहीमा गाँजाखेती फडानी अभियान सञ्चालन


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : मंगलबार, पौस २२ २०८२


  • प्रहरीद्वारा सर्लाहीमा गाँजाखेती फडानी अभियान सञ्चालन

    सर्लाही । लालबन्दी नगरपालिकास्थित चुरे क्षेत्रमा गरिएको अवैध गाँजाखेती प्रहरीले नष्ट गरेको छ । लालबन्दी नगरपालिका–१४ र १५ स्थित विभिन्न गाउँमा क्षेत्रमा लगाएको गाँजा प्रहरीले सोमबार नष्ट गरेको हो ।

    चुरे क्षेत्रको शिर कालिन्जोर, सिरुडाँडा, ब्लोन टोललगायत स्थानमा रूपमा लगाएको दुई लाख बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

    जिल्लाको चुरे क्षेत्रमा प्रहरीले मङ्सिरदेखि नै अवैध गाँजाखेती फडानी अभियान चलाएको छ । “उक्त क्षेत्रमा गाँजाखेती भइरहेको सूचना पाएपछि प्रहरी पुगेको थियो”, उनले भने, “नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४० जनाको टोलीले १३ बिघाको गाँजाका बोट फडानी गरेर फर्किएका छन् ।”

    अवैध लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले लुकाइछिपाइ गरेको गाँजाखेती खोजी र नष्ट गर्ने काम गरिरहेको प्रहरी नायब उपरीक्षक राईले बताए । तथ्याङ्कअनुसार जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षमा ९४।५ बिघा गाँजाखेती नष्ट गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend