फेमे खोलामा डाइभर्सन निर्माण हुँदै, यातायात सुचारु गर्ने तयारी


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : सोमबार, असोज २७ २०८२


  • फेमे खोलामा डाइभर्सन निर्माण हुँदै, यातायात सुचारु गर्ने तयारी

    पाँचथरको फिदिम(फालोट सडकखण्डमा फेमे खोलामा अस्थायी डाइभर्सन निर्माण भइरहेको छ। १८ गतेको बाढीले डाइभर्सन बगाएपछि यातायात अवरुद्ध भएको थियो।यात्रुहरू १५ मिनेट पैदल हिँडेर खोला पार गरिरहेका छन्, तर सामान ढुवानी र बिरामीलाई समस्या छ।
    पाँचथर । पाँचथरको फिदिम–फालोट सडकखण्डअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्ने काम भइरहेको छ । गत असोज १८ गतेको बाढीले डाइभर्सन बगाएपछि यो सडक अवरुद्ध भएको थियो ।

    पूर्वाधार विकास कार्यालय पाँचथरले फिदिम नगरपालिका–१ र ११ को सिमानामा पर्ने फेमे खोलामा २० वटा ह्युम पाइप राखेर डाइभर्सन निर्माण गरिरहेको छ । कार्यालयका इन्जिनियर मुकेश शाहका अनुसार डाइभर्सन र पहुँच मार्ग निर्माणको काम सोमबारसम्ममा सम्पन्न गर्ने योजना छ ।

    सडक अवरुद्ध भएपछि यात्रुहरू करिब १५ मिनेट पैदल हिँडेर खोला वारपार गरिरहेका छन् । सामान ढुवानी तथा बिरामीलाई खोला पार गराउन भने समस्या भएको छ ।

    गत वर्ष असोज १२ गते बाढीले यहाँ रहेको सडक पुल बगाएको थियो । त्यसपछि अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन भइरहेकोमा गत जेठमा बनाइएको स्थायी डाइभर्सनलाई पनि असोज १८ गतेको बाढीले बगाएको थियो । यहाँ बेलिब्रिज जडानको प्रक्रिया अघि बढे पनि बजेट अभावले काम हुन सकेको छैन ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend