पोखरा, ७ ।
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ। जिल्ला कास्की, पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय युवक फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। घटना भएको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीको कमाण्डमा १३ जनाको टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गर्ने क्रममा राति ०३ः३५ बजे ती युवकलाई अचेत अवस्थामा फेवातालबाट उद्धार गरिएको सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीले बताए् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पठाइएकोमा अस्पताल पुर्याए लगत्तै चिकित्सकहरूले चेकजाँचको क्रममा उनलाई मृत घोषणा गरेका थिए।