फोनिज स्थापना दिवसको अवसरमा फुटसल प्रतियोगिताका लागि सहयोग


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शनिबार, साउन २४ २०८२


  • फोनिज स्थापना दिवसको अवसरमा फुटसल प्रतियोगिताका लागि सहयोग

    पोखरा ।
    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २६ औं स्थापना दिवसको अवसरमा पत्रकारहरु बीच हुन गइरहेको फुटसल प्रतियोगिताका लागि निट डेण्टल क्लिनिकले मुख्य प्रायोजन गर्ने भएको छ ।

    फोनिज गण्डकी र कास्कीले आयोजना गर्न लागेको फुटसल प्रतियोगिताका लागि पोखराको महेन्द्रपुलमा रहेको निट डेण्टल क्लिनिकले फोनिज स्थापना दिवसको अवसरमा आगामी साउन २६ गते आयोजना हुने पुरुष तथा महिला मैत्रीपूर्ण साथै फोर्टी प्लस पुरुष पत्रकारहरुका लागि आयोजना गरिने फुटसल तथा पुरुष महिला रस्साकस्सी प्रतियोगिताका लागि मुख्य प्रायोजन गर्ने भएको हो ।

    उक्त कार्यक्रमका लागि बन्जी नेपालले सह प्रायोजन गर्ने भएको छ । पोखराको महतगौंडामा रहेको बन्जी नेपालले कार्यक्रममा सह प्रायोजनको भुमिकामा रहेर सहयोग गरेको कार्यक्रम संयोजक प्रविन मगरले जानकारी दिए ।

    उक्त कार्यक्रममा पोखराको न्युरोडमा रहेको दीप ट्रेडर्सका दिप श्रेष्ठ, पोखराको अमरसिंह चोकमा रहेको ब्रिगेड गोर्खा ट्रेनि सेन्टरका सञ्चालक बिबेक गुरुङले प्रायोजकको भुमिकामा रहेर सहयोग गरेका छन । त्यस्तै रोशन लिम्बु, पोखराको न्युरोडमा रहेको मन्जुश्री फाइनान्स, अमरसिंह चोकमा रहेको होटल टास्क इन्टरनेश्नलले ब्यानर प्रायोजन स्वरुप सहयोग गरेका छन ।

    कार्यक्रम सफल पार्नका लागि पोखरा ४ गणेशटोलमा रहेको स्पोर्टस क्यासलले खेल मैदान प्रदान गरी फोनिजको स्थापना दिवसको कार्यक्रमका लागि सहयोग गरेका छन ।फुटसल प्रतियोगिताका लागि सहयोगी हातहरुलाई धन्यवाद दिदै अझै सहयोग आउने क्रम जारी रहेको प्रबिन मगरले बताएका छन् ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend