बिसन क्षेत्रीको नेतृत्वमा बन्यो संसदीय पत्रकार मञ्च गण्डकी


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : सोमबार, असार ३० २०८२


  • बिसन क्षेत्रीको नेतृत्वमा बन्यो संसदीय पत्रकार मञ्च गण्डकी

    पोखरा ।
    संसदीय पत्रकार मञ्च गण्डकी प्रदेश समितिको छैटौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनबाट बिसन क्षेत्री मञ्चको अध्यक्षमा निर्वाचित भएका छन् । क्षेत्रीले आफ्ना प्रतिद्वन्द्वी रोहित पराजुलीलाई ४ मतको अन्तरले पराजित गर्दै नेतृत्व सम्हालेका हुन् ।
    बार्हखरी अनलाइन र ढोरपाटन दैनिकमा आबद्ध रहेका क्षेत्रीले कुल २० मत प्राप्त गर्दा सेतोपाटी अनलाइनका रोहित पराजुलीले १६ मत पाए । मञ्चको उपाध्यक्षमा कान्तिपुर पब्लिकेसनमा कार्यरत अनुप पौडेल निर्वाचित भएका छन् । उनले सेतोपाटी अनलाइनका युबराज श्रेष्ठलाई १० मतको अन्तरले पराजित गरे । पौडेलले २३ मत प्राप्त गर्दा श्रेष्ठले १३ मतमा सिमित भए ।
    कोषाध्यक्ष पदमा राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत ऋषिराम बरालले १९ मतसहित जीत हात पारे । उनले गोर्खा पत्र दैनिकका र समाधान पत्रिकाका फडिन्द्र अधिकारीलाई पराजित गरेका हुन् । अधिकारीले १७ मत प्राप्त गरे ।
    सचिव, सहसचिव र सदस्य निर्विरोध
    मञ्चको सचिवमा युनिश गुरुङ र सहसचिवमा उमा आले निर्विरोध निर्वाचित भएका छन् । यस्तै, कार्यसमिति सदस्य पदमा दुर्गा राना, विमल तिवारी, अनिता घिमिरे, प्रतीक्षा काफ्ले, सञ्जय रानाभाट र सुवास पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend