बैदम प्रहरी नायब उपरीक्षकको उपस्थितिमा गण्डकी कोटिहोममा राष्ट्रभक्ति गीतको गुञ्जन


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शनिबार, बैशाख १३ २०८२


  • बैदम प्रहरी नायब उपरीक्षकको उपस्थितिमा गण्डकी कोटिहोममा राष्ट्रभक्ति गीतको गुञ्जन

     

    पोखरा, १२ वैशाख २०८२ – गण्डकी प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धन र पोखरालाई आध्यात्मिक मुक्तिद्वारको रूपमा स्थापित गर्ने उद्देश्यसहित पोखरा–१७, सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ भव्य रूपमा सञ्चालन भइरहेको छ। २०८१ चैत्र १७ गतेदेखि सुरु भएको यो ४१ दिने महायज्ञ २०८२ जेठ २६ गतेसम्म जारी रहनेछ।

    मानव सेवा फाउण्डेशनद्वारा आयोजित यस महायज्ञमा बैदमका प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाको विशेष उपस्थितिमा राष्ट्रभक्ति गीत प्रस्तुत गरिएको छ। उनको सहभागिताले कार्यक्रममा राष्ट्रिय भावनाको संचार भएको छ भने उपस्थित भक्तजन र स्थानीय समुदायमा उत्साह थपिएको छ। राष्ट्रभक्ति गीतले महायज्ञको आध्यात्मिक वातावरणलाई थप सशक्त बनाएको आयोजक समितिले जनाएको छ।

    महायज्ञमा निरन्तर हवन, कथा वाचन, प्रवचन, पूजापाठ, आरती, सत्सङ्ग, भजन र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। आयोजक समितिका अनुसार वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भएको थियो। चैत्र २९ गतेदेखि सुश्री अनुराधा पाण्डेद्वारा सुरु गरिएको भागवत कथा प्रवचन हाल दैनिक रूपमा सञ्चालन भइरहेको छ। “आगामी दिनमा दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायत राष्ट्रियस्तरका वक्ताहरूको सहभागिता रहनेछ,” कार्यक्रमका सह–निर्देशक युवक लामिछानेले बताए।

    महायज्ञको सांस्कृतिक र आध्यात्मिक महत्त्वलाई प्रचार गर्न सामाजिक सञ्जालमा छोटा भिडियो निर्माण गर्नेहरूलाई रु। २५,००० सम्मको नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने योजना छ। सहभागीले मानव सेवा फाउण्डेशनको आधिकारिक पेज ट्याग गरी ३मानवसेवाफाउण्डेशन र ३गण्डकीकोटिहोम ह्यासट्याग प्रयोग गर्नुपर्नेछ।

    साधु–सन्त, धर्मगुरु, ब्राह्मण, भक्तजन, स्वयंसेवक, महिला समूह, बालबालिका, जनप्रतिनिधि र वडाध्यक्षसम्मको सक्रिय सहभागिताले यो महायज्ञ पोखरेली समाजको साझा उत्सव बनेको छ। धार्मिक आस्था र रचनात्मक अभिव्यक्तिलाई जोड्दै यो महायज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend