मदन भण्डारी रोड रेस च्याम्पियनसीप २०८२ को तयारी तीब्र


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शनिबार, बैशाख १३ २०८२


  • मदन भण्डारी रोड रेस च्याम्पियनसीप २०८२ को तयारी तीब्र

    काठमाडौं ।
    आगामी वैशाख १८ गते काठमाडौंमा मदन भण्डारी स्पोर्टस एकेडेमी बागमती प्रदेशको आयोजनामा हुने मदन भण्डारी रोड रेस च्याम्पियनसीप २०८२ को तयारी तीब्र पारिएको छ ।
    रोड रेस च्याम्पियनसीपको तयारी स्वरुप आयोजित बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तथा मदन भण्डारी स्पोर्टस एकेडेमी केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले शिक्षा र खेलकुदलाई समान महत्व दिएर अगाडी बढाउन आवश्यक रहेको अवस्थामा विद्यालयको छाँता संगठन प्याब्सन र राखेपको सहकार्यमा स्थानिय तह सम्म खेलकुदलाई पु¥याई खेल प्रतिभाको पहिचान गरि अगाडी बढ्ने लक्ष्य रहेको बताए । छात्रछात्रा र खुल्ला १० किलो मिटर पुरुष महिला रोड रेस रहेको उक्त प्रतियोगितामा १० किलो मिटरको विद्यामा देशै भरिबाट खेलाडीहरुले सहभागीता जनाउन समेत आचार्यले आग्रह गरे ।
    मदन भण्डारी रोड रेस च्याम्पियनसीप २०८२ को तयारीको अवसरमा बिहीबार आयोजित पूर्व तयारी बैठकमा बोल्दै आचार्यले उक्त कुरा बताएका हुन । अध्यक्ष मदन भण्डारी स्पोर्टस एकेडेमी बागमती प्रदेश अध्यक्ष तथा मदन भण्डारी रोड रेस च्याम्पियनसीप २०८२ का संयोजक राम बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन अन्तर्गतका ३२ विद्यालयका प्राचार्यहरुको उपस्थिती रहेको थियो ।
    एकेडेमीको पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिती रहेको कार्यक्रमको सञ्चालन एकेडेमीका प्रदेश सचिव लोकेन्द्र बहादुर खड्काले गरेका थिए । आगामी बैशाख १८ गते दशरथ रंगशालामा आयोजना हुने रोड रेसमा विभिन्न ४ विद्यामा रोड रेस आयोजना हुने छ ।
    १० किलो मिटर महिला पुरुष र ५ किलोमिटर छात्रछात्रा रोड रेसको आयोजना हुने आयोजकले जनाएको छ । जस अन्तर्गत १० किलो मिटर पुरुष र महिला रोड रेसमा प्रथम हुनेले नगद ५० हजार, दोश्रो हुनले नगद ३० हजार, तेश्रो हुनेले नगद २० हजार, चौथो हुनेले नगद १५ हजार र पाँचौ स्थान हाँसिल गर्नेले नगद १० हजार प्राप्त गर्नेछन ।
    त्यस्तै ५ किलो मिटर छात्रा छात्र रेस तर्फ प्रथम हुनेले नगद २० हजार, दोश्रो हुनेले नगद १५ हजार, तेश्रो हुनेले नगद १० हजार, चौथो र पाँचौ स्थान हाँसिल गर्नेले क्रमश नगद ५ र तीन हजार र शान्तवना स्थान हासिल गर्ने छैठौ स्थानदेखि १० औं स्थान हाँसिल गर्नेले जनही १ हजार प्राप्त गर्नेछन । प्रतियोगितामा ५ हजार वढीको सहभागीता रहने मदन भण्डारी रोड रेस च्याम्पियनसीप २०८२ का संयोजक राम बहादुर केसीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend