यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : सोमबार, जेष्ठ २६ २०८२


  • यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

     

    पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति गर्न आज चर्चित धर्मगुरु कालिदास बाबा ९कालिवाव० आगमन हुने भएको छ।

    कोटिहोममा आज यज्ञको पूर्णाहुति गर्न कालिदास बाबा ९कालिवाव० आउने महायज्ञ प्रचार प्रसार समितिका संयोजक लेखराज ढकालले जानकारी दिए ।

    कोटीहोममा एक सय एक हवन कुण्डमा हवन भइरहेको छ जसको आज समापन हुदैछ । योसँगै कोटीहोममा सहभागी भएका चार सय बढी ब्राह्मणलाई पनि आज नै बिदाइ गरिनेछ । साथै व्रतबन्ध, चौरासी पूजासहित अन्य केही कर्म पनि आज नै समापन हुनेछ गत महिना बैसाख १९ गते बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेशे, ७ बजेर १९ मिनेटमा अग्निमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी  सुरु भएको हवन कुण्डको आज पूर्णाहुति हुदैछ। हवन कुण्डमा ३र३ जना ब्राह्मणले कोटी होममा दिन दिनै भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका छन् ।

    कोटी होममा १०८ भागवत महापुराण पाठपरायण, ४ वेद पाठपरायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जप लगायतमा ब्रामणले पाठ गरेका छन् ।
    हवन कुण्डको मूल मण्डपमा महायज्ञका सङ्कल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीका बुबा मनिराम भण्डारी र आमा जानका भण्डारी रहेका छन् । भने अरु मण्डपमा ३र३ जना ब्रामणले नृत्य हवन गरिरहेका छन् । आज नै कोटिहोम महायज्ञको विधिवत् पूर्णाहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए ।

    भागवत मञ्जरी दासीले कोटीहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । उनले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए । यसअघि जेठ २६ सम्म सञ्चालन हुने कोटीहोमको समयावधि थप गरेर ३१ गतेसम्म पु¥याइएको हो ।

    पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१  गतेसम्म सञ्चालन हुनेछ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend