यस वर्षको राधा–लक्ष्मी पुरस्कार राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, असोज ९ २०८२


  • यस वर्षको राधा–लक्ष्मी पुरस्कार राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई

    पोखरा, ९ असोज ।
    हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित राधा–लक्ष्मी पुरस्कार यस वर्ष पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान गरिएको छ ।
    समाजिक एवम् धार्मिक व्यत्तित्व स्व.लक्ष्मी शरण उपाध्याय र उहाँकी श्रीमती स्व.राधा पौडेलको स्मृतिमा उहाँका परिवारजनद्वारा स्थापित अक्षयकोषको ब्याज रकमबाट प्रत्येक वर्ष विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्व, समाजिक संघ संस्था आदिलाई पुरस्कृत गर्ने गरिएकोमा यस वर्ष राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान गरिएको हो ।

    स्व.लक्ष्मी शरण उपाध्यायको जन्मजयन्तीका अवसर पारी एक कार्यक्रमका बीच आज हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष सुनिल गायक र अक्षयकोषदाता परिवारका सदस्यका तर्फबाट राधाकृष्ण मन्दिर शान्ति आश्रमका प्रमुख संरक्षक(महन्त) मुकुन्दशरण उपाध्यायलाई नगद २० हजार पाँच रुपैयाँ सहित सम्मानपत्र प्रदान गरिएको हो ।

    पुरस्कारका लागि व्यक्तित्व-संस्था छनौटका लागि प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्णप्रसाद पौडेलको संयोकत्वमा केशव शरण पौडेल र छन्दमणि त्रिपाठी सदस्य रहनुुभएको छनौट समिति गठन गरिएकोमा सो समितिको सिफारिसलाई प्रतिष्ठानले अनुुमोदन गरेको थियो । पुरस्कारका लागि अक्षयकोषको रकम दुुई लाख पच्चीस हजार रुपैयाँ रहेको छ ।

    कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले प्रतिष्ठानद्वारा राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई गरिएको सम्मानको प्रशंसा गर्नुुभयो । सामाजिक एवम् धार्मिक जागरणमा उल्लेख्य योगदान गरिरहेको संस्थालाई गरिएको सम्मान सबैको सम्मान भएको उहाँले धारणा राख्नुुभयो ।

    राधाकृष्ण मन्दिर शान्ति आश्रमका प्रमुख संरक्षक मुकुन्द शरण उपाध्यायले स्व. लक्ष्मी शरण उपाध्यायले सामाजिक एवम् धार्मिक क्षेत्रमा पुु¥याउनुुभएको योगदानको स्मरण गर्दैै उहाँको स्मृतिमा पुस्रकार स्थापनार्थ अक्षयकोष राखिएकोमा प्रशंसा व्यक्त गर्नुुभयो ।
    प्रतिष्ठानका अध्यक्ष सुनिल गायकको सभापतित्व एवम् उपाध्यक्ष छन्दमणि त्रिपाठीले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत तथा धन्यवाद ज्ञापन अक्षयकोषदाता परिवारका केशव शरण पौडेल र माधव शरण पौडेलले गर्नुुभएको थियो ।
    कार्यक्रमका पुरस्कृत प्रतिभा-संस्था छनौट समितिका संयोजक कृष्णप्रसाद पौडेल, छन्द नायक माधव वियोगी, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका का.वा. अध्यक्ष माधव शरण उपाध्याय लगायतले बोल्नुुभएको थियो ।
    कार्यक्रममा भगवती पन्त, हरिप्रसाद खनाल, धर्मराज पौडेल लगायतले रचना वाचन गर्नुुभएको थियो ।

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend