प्रविन मगर ,पोखरा । “यूरोप आध्यात्मिक यात्रा २०२६” अन्तर्गतको विशेष आध्यात्मिक प्रवचन तथा सत्सङ्ग कार्यक्रम भव्य, सभ्य तवरले सम्पन्न भएको छ । विशेष आध्यात्मिक प्रवचन तथा सत्सङ्ग कार्यक्रम आध्यात्मिक उन्नतिको आशीर्वाद प्रदान गर्दै सम्पन्न भएको हो ।
आयोजक समितिले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण श्रद्धालु भक्तजन, अतिथिज्यूहरू, सहयोगी मनहरू, स्वयंसेवकहरू तथा उपस्थित महानुभावहरूप्रति हामी हार्दिक नमन, आभार तथा धन्यवाद व्यक्त गरेको छ ।

त्यस्तै कार्यक्रममा प्रमुख वाचक वाचनप्रवीण श्री दीनबन्धु पोखरेलबाट प्राप्त गहन आध्यात्मिक वाचन, अमूल्य प्रवचन, सत्सङ्ग तथा प्रेरणादायी मार्गदर्शनले कार्यक्रममा उपस्थित सम्पूर्ण भक्तजनको मन, मस्तिष्क र आत्मालाई गहिरो रूपमा स्पर्श गरेकोमा आयोजक गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् NRNA अस्ट्रियाले दीनबन्धु पोखरेलले प्रदान गरिएका आध्यात्मिक ज्ञान, संस्कारमय सन्देश तथा जीवनोपयोगी उपदेशप्रति हामी विशेष श्रद्धा, सम्मान र हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
त्यसैगरी, यस पवित्र कार्यक्रमलाई सफल बनाउन संस्थागत रूपमा आर्थिक सहयोग प्रदान गर्नुहुने नेसास अस्ट्रिया, जनजाति महासंघ अस्ट्रिया लगायत अन्य सहयोगी संस्थाहरूप्रति हार्दिक धन्यवाद साथै, व्यक्तिगत रूपमा आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति पनि हामी गहिरो आभार, सम्मान तथा नमन व्यक्त गर्दै यहाँहरूको अमूल्य उपस्थिति, माया, सद्भाव, सहयोग, समर्पण तथा आध्यात्मिक आस्थाले यस कार्यक्रमलाई विशेष गरिमा, ऊर्जा र सफलता प्रदान गरेको NRNAअष्ट्रियाका अध्यक्ष श्री ध्रुब पौडेलले बताए ।
सो कार्यक्रम २१ मार्च २०२६, Dorfelderstrasse 10, Ecke Murlingengasse, 1120 Wien भएको थियो ।