प्रबिन मगर
पोखरा। विश्वकप एसिया छनोटमा आज नेपाल र अफगानिस्तान बीचको खेल सुरु हुदै छ । यू–१९ विश्वकप एसिया छनोटमा आज नेपाल र अफगानिस्तानबीचको खेल हुन लागेको हो । खेल बिहान ९ः३० बजेदेखि सुरु हुने भनेपनि बर्षका कारण हुन सकेको थिएन । बर्षा रोकिए सगैं तल्लो मुलपानी क्रिकेट मैदानमा खेल हुने भएको छ ।
दुवै टोली समान ३ जितका साथ अन्तिम खेलमा भिड्दैछन् । आज खेलमा जित्ने टोली आगामी वर्ष जिमबाबे र नामिबियामा हुने आईसीसी यू–१९ क्रिकेट विश्वकपमा छनोट हुनेछन् । आजको यस खेल निर्णायक हुनेछ ।
नेपालले घरेलु मैदानमा अफगानिस्तानको चुनौती समाप्त पार्दै विश्वकपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रदैछ ।