राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नेता हरिप्रसाद कँडेल नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न रहेको आरोपमा पक्राउ परेपछि पार्टीले निलम्बन गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न रहेको आरोपमा पक्राउ परेका कँडेललाई रास्वपाले शुक्रबार निलम्बन गरेको हो।
चितवनको कालिका नगरपालिका(५ पदमपुरका कँडेललाई रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक थिए। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो।
रास्वपा केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले एक विज्ञप्ति जारी गर्दै कँडेललाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरेको उल्लेख गरेका छन्।प्रहरीको आवश्यक छानबिन र अनुसन्धानमा सहजता पुर्याउन उनलाई पार्टी जिम्मेवारीबाट निलम्बन गरिएको रास्वपा अनुशासन आयोगको भनाइ छ।कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान सुरू भएको प्रहरीले जनाएको छ।