लाप्चे र जुम खोलाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्न प्रसारण लाइन निर्माण हुने


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, असोज २५ २०८०


  • लाप्चे र जुम खोलाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्न प्रसारण लाइन निर्माण हुने

    काठमाडौँ : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको माथिल्लो तटमा निर्माण हुने विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने भएको छ ।

    माथिल्लो तामाकोशीको आयोजनास्थल लामाबगरभन्दा माथिल्लो तटमा लाप्चे खोला, जुम खोला, अप्परलाप्चे र तामाकोशी लाप्चेलगायतका आयोजना पहिचान गरिएको छ । ती आयोजनामध्ये केही निर्माण सुरु हुने तयारीमा छन् भने केही आयोजना अध्ययनका क्रममा छन् ।

    लामाबगरलाई हब बनाएर सबस्टेशन र प्रसारण लाइन निर्माणका विषयमा आज ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा छलफल भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले मुलुकको ऊर्जा क्षेत्रमा स्थापित गरेको सार्थक उदाहरणलाई मध्यनजर गरेर थप प्रक्रिया अगाडि बढाउन सम्बद्ध निकायलाई आग्रह गर्नुभयो ।

    लाप्चे र जुम खोलमा पहिचान भएका आयोजनाका प्रवद्र्धकले छिट्टै परियोजना निर्माण सुरु गर्ने तयारी गरेका छन् । कुल एक सय ६० मेगावाट क्षमताको लाप्चे खोलामा दुगड समूहले लगानी गर्ने भएको छ । यस्तै अन्य आयोजना पनि छिट्टै निर्माणमा जाने भएकाले प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाउन मन्त्री बस्नेतले आग्रह गर्नुभयो ।

    छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंह, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमलगायतको सहभागिता थियो ।

    माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको क्यासकेड परियोजनाको रूपमा झण्डै एक सय मेगावाट क्षमताको तामाकोशी पाँचाँै निर्माणको प्रक्रियामा अगाडि बढेको छ । यस्तै रोलवालिङ खोला जलविद्युत् आयोजना पनि निर्माणको प्रक्रियामा लैजाने तयारीमा छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend