लेकसाइडको अंशुभरा विल्डिङमा मंगलबार भएको आगलागीमा मृत अवस्थामा भेटिएकी युवतीको पहिचान


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, भाद्र २६ २०८२


  • लेकसाइडको अंशुभरा विल्डिङमा मंगलबार भएको आगलागीमा मृत अवस्थामा भेटिएकी युवतीको पहिचान

    पोखरा लेकसाइडको अंशुभरा विल्डिङमा मंगलबार भएको आगलागीमा मृत अवस्थामा भेटिएकी युवती दोलखाकी २७ वर्षीया स्वस्थानी खड्का भएको पुष्टि भएको छ । उनी दोलखा वैतेश्वर गाउँपालिका–८ छेत्रपा फेदीकी हुन् । कामको सिलसिलामा पोखरा आएकी उनको लेकसाइडको अंशुभरा विल्डिङमा मंगलबार भएको आगलागीमा ज्यान गएको हो । प्रदर्शनकारीले आगजनी गरेको घरभित्रजलेको अवस्थामा बुधबार उनको शव बरामद गरिएको कास्की प्रहरीले जनाएको छ ।

    उनको शव बुझ्न भिनाजु र भाइ पोखरा आएका छन् । जेनजी आन्दोलनका क्रममा पोखराको नयाँबजारमा पनि जलेको अवस्थामा एक महिलाको ज्यान गएको थियो । देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भएको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend