वर्ष उत्कृष्ट महिला खेलाडीमा अरुणा, सुस्मिता र कृपाबिच प्रतिष्पर्धा, कसले पाउँला अवार्डसँगै स्कुटर


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : मंगलबार, बैशाख २३ २०८२


  • वर्ष उत्कृष्ट महिला खेलाडीमा अरुणा, सुस्मिता र कृपाबिच प्रतिष्पर्धा, कसले पाउँला अवार्डसँगै स्कुटर

    वैशाख २३, पोखरा ।

    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौंै संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति नजिकिए सँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ । यही वैशाख २६ गते शुक्रबार पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डका लागि ४ विधामा उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक भइसकेको छ । यसमध्ये वर्ष उत्कृष्ट महिला खेलाडीतर्फको विधामा भलिबलकी अरुणा शाही, आइटीएफ तेक्वान्दोकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङ उत्कृष्ट तीनमा परेका छन् । तीन मध्ये उत्कृष्ट हुने एक खेलाडीले वैशाख २६ गते टेल्जीको इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन् ।

    अरुणा शाही (भलिबल)
    म्याग्दीको रघुगँगा गाउँपालिकाकी अरुणा शाही नेपाली महिला राष्ट्रिय टिमको कप्तान हुन् । मुक्तिदान विद्यालयबाट आफ्नो खेल जीवनको सुरु गर्दा उनी मात्र १३ वर्षकी थिइन् । परिवारको बाधाका बिच उनले भलिबललाई नै रोज्दै अघि बढिन् ।

    राष्ट्रिय प्रतियोगिताहरुमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेल्ने अरुणाले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गर्ने मौका पाएकी थिइन् । त्यसयता नियमित राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाइराख्न सफल अरुणाले भारतसँगको मैत्रिपूर्ण, साउथ एशियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन, १२ र १३ औं दक्षिण एशियाली खेलकुद ९साग० खेल्दै भलिबलमा आफ्नो एकछत्र राज गरिरहेकी छिन् । अहिले उनी एकपछि अर्को सफलतामा रमाइरहेकी छिन् ।

    २०८१ साल उनका लागि अझ स्वर्णिम बन्यो । अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ३७ वर्षको इतिहासमा उनको कप्तानीमा नेपाली महिला टोलीले भारतमाथि निकाल्यो । भने फाइनलमा भारतसँगै पराजित भएर उपविजेता भएको थियो । टाइगर कपमा पनि आयोजक टाइगर ग्रुप पोखराबाट सहभागी बनेर उपाधि जिताएकी थिइन् । त्योभन्दा अघि आठौं एनभिए कपमा एभरेष्ट भलिबल क्लबबाट सहभागी बनेर टिमलाई द्वितिय बनाउन भूमिका खेलिन् । २०८१ सालमै नेपालमै पहिलो पटक भएको महिला भलिबल लिगमा चितवन शक्तिको मार्की खेलाडी थिइन् ।

    सुस्मीता थापामगर (आइटीएफ तेक्वान्दोरमुआथाई)
    वि।स। २०६० सालमा बागलुङको बडिगाड गाउँपालिका वडा नं १० मा जन्मिएकी सुस्मीता थापामगर आएटीएफ तेक्वान्दोकी खेलाडी हुन् । पछिल्लो समय उनको आफ्नो परिचय मुआथाईतर्फ पनि मोडेकी छिन् । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै आइरहेकी सुस्मीताले छोटो समयमै उचाई हासिल गरिसकेकी छिन् ।
    कक्षा ६ मा पढ्दा भलिवल खेलेकी उनी विद्यालयस्तरमा प्रतियोगिताहरुमा भाग लिई विभिन्न पदक जितेपनि २०७४ कार्तिकमा उनी पढ्दै गरेको श्री भानु निम्न माध्यामिक विद्यालयमा रवीन्द्र बुढामगरले आईटीएफ तेक्वान्दो डोजाङ सञ्चालन गरे पछि तेक्वान्दो तर्फ आकर्षित भइन् । सोही कारण अहिलेसम्म पनि उनी यही क्षेत्रमा छिन् ।
    २०८१ भएको चौथो गण्डकी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो च्याम्पियनसिप, रोल्पामा भएको नेशनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप र काठमाडौंमा भएको आइटिएफ तेक्वान्दो च्याम्पियनसिप समान २÷२ स्वर्णसहित सबै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी भएकी थिइन् । यस्तै मुआथाईमा पनि यस वर्ष उनले राम्रो प्रदर्शन गरेकी छिन् । पोखरामा भएको कन्टेनर सेरिज २ मा ५२ किलोतर्फ प्रोफेशनल ५ को टाइटल जितेकी थिइन् । भने, काठमाडौंमा भएको फाइट नाइटमा पनि ५२ किलोतर्फ प्रोफेशनल ५ को टाइटल जितिन् ।

    कृपा गुरुङ (फेन्सिङ)
    स्याङ्जा कोल्माकी कृपा गुरुङ सानोमा तेक्वान्दो खेल्थिन् । तेक्वान्दो खेल्ने क्रममा साथीहरुले फेन्सिङमा राम्रो गरेको देखेपछि मैले पनि यसैमा राम्रो गर्छु भन्ने लाग्यो । २०७८ मा काठमाडौंमा भएको वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा सहभागी भएपछि उनी तेक्वान्दो छाडेर यता लागेकी हुन् । उमेरले १६ वर्ष टेकेकी कृपाको फेन्सिङप्रतिको लगाब अधिक छ ।

    नेपालमा यो खेलमा धेरैको रुचि छैन् तर, कृपा यसैमा केही गर्छु भनेर नियमित प्रशिक्षणमा धाइरहेकी छिन् । फेन्सिङको सोड र तरबार उनको साथी जस्तै बनेको छ । फेन्सिङका ३ विधा इपी, फोइल र स्यावर सबैमा उनी पोख्त छिन् । सानै उमेरमा उनी नवौैं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट सहभागी भएकी थिइन् । उक्त प्रतियोगितामा पदक नजितेपनि उनले राम्रो अनुभव बटुलिन् ।

    उनले २०८१ सालमा साउदी अरबमा भएको जुनियर एण्ड क्याडेट फेन्सिङ वल्र्ड च्याम्पियनसिपमा सहभागी भइन् । यस्तै काठमाडौंमा भएको छेटौं नेशनल फेन्सिङ च्याम्पियनसिपमा टिम गेममा रजत र एकलमा कास्य पदक पाएकी थिइन् । गण्डकी प्रदेश स्तरीय नेशनल फेन्सिङ च्याम्पियनसिप अन्तर्गत टिम गेममा कास्य पदक प्राप्त गरेकी थिइन् । १० औं राष्ट्रिय खेलकुदका लागि भएको छनोट प्रतियोगितामा स्वर्ण पदक, दोस्रो पोखरा महानगरस्तरीय राष्ट्रिय फेन्सिङमा जुनियर एकलमा स्वर्ण र टिममा पनि स्वर्ण पदक हात पारेकी थिइन् ।

    खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका अध्यक्ष एमबि आस्था मगरले जनाएका छन् । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने अध्यक्ष मगरले बताए । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्ने मञ्चले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा परिचित छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend