श्री गण्डकी कोटिहोम महायज्ञमा कथा प्रवचनका लागि शितलकृष्ण महाराज र सुप्रिया किशोरीको आगमन


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०८२


  • श्री गण्डकी कोटिहोम महायज्ञमा कथा प्रवचनका लागि शितलकृष्ण महाराज र सुप्रिया किशोरीको आगमन

    पोखरा महानगरपालिका वार्ड नं.१७ बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञमा नेपालका दुई चर्चित कथावाचक तथा वाचिकाको आगमन भएको छ । भागवत कथावाचनको क्षेत्रमा निकै लोकप्रिय कथा वाचक आचार्य श्री शितल कृष्ण जी महाराज र लोकप्रिय प्रवचनकर्ता सुप्रिया किशोरीको आगमन भएको छ ।
    आचार्य श्री शितल कृष्ण जी महाराजले बैशाख ४,५ र ६ गते विभिन्न विषयमा प्रवचन राख्ने कार्यक्रम रहेको आयोजक श्री मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । त्यस्तै सुप्रिया किशोरी जी ले पनि कोटिहोम महायज्ञमा भोलिदेखि नियमित रुपमा विभिन्न बिषयमा प्रवचन गर्ने कार्यक्रम रहेको छ ।

    २०८२ साल बैशाख १७ गतेदेखी सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा अहिले पोखरा १७ बिरौटा,प्रगतीटोलमा गत चैत्र २९ गतेदेखि वाल बिदुषी अनुराधा पाण्डेय ज्यूले श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी छन् । उनको भोलि बिदाईको कार्यक्रम पनि रहेको छ । साथमा भोलि नै चर्चित कथा वाचिका देवी प्रतिभाको पनि आगमन रहने कार्यक्रम रहेको छ ।

    अहिले कार्यक्रममा भक्तजनहरुको उपस्थिती बाक्लिदै गएको छ । त्यस्तै कार्यक्रममा देश विदेशका सन्त,महन्त लगायत जनप्रतिनिधी लगायत समाजका लब्धप्रतिष्ठित व्यक्तिहरुको पनि उपस्थित रहेको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend