सभपति रवि लामिछाने आज कास्कीका ३ क्षेत्रमै पुग्ने


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बुधबार, माघ २८ २०८२


  • सभपति रवि लामिछाने आज कास्कीका ३ क्षेत्रमै पुग्ने

    माघ २८,पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले स्थानीय तहमा केन्द्रित गर्दै अघि बढाइएको संवाद यात्रा तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई निरन्तरता दिएका छन्। सोहीक्रममा मंगलबार विभिन्न स्थानमा कार्यक्रम सम्पन्न भएका छन् । आज बुधबारका लागि तय गरिएका १० बजे पछिका कार्यक्रम पार्टी सभापति रवि लामिछानेको पोखरा आगमनका कारण स्थगित गरिएको चुनावी कमाण्डर श्रीकृष्ण न्यौपानेले जानकारी दिएका छन ।
    मंगलबार पोखरा–१० बुद्धचोक र पोखरा–३१ बेगनास नहरचोकमा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरिएको थियो। त्यस्तै पोखरा–३१ अन्तर्गत एकान्तकुना–पचभैया क्षेत्रमा संवाद यात्रा तथा पोखरा–३१ मा विशेष भेटघाट कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीय बासिन्दा, टोल विकास संस्था, आमा समूह तथा युवाको उल्लेख्य सहभागिता रहेको थियो।

    संवाद यात्राका क्रममा उम्मेदवार गनेस पौडेलले राजनीतिलाई जनताको दैनिक जीवनसँग जोड्नुपर्नेमा जोड दिँदै भने, “जनताको घरदैलोमा पुगेर समस्या सुन्नु र समाधान खोज्नु नै हाम्रो अभियानको मूल उद्देश्य हो। कास्की–१ का नागरिकले उठाएका आवाज संसदसम्म पु¥याउने प्रतिबद्धता मेरो छ।” उनले पुरानो शैलीको चुनावी भाषणभन्दा प्रत्यक्ष संवाद र जवाफदेही राजनीति आवश्यक रहेको धारणा राखे।

    यसैबीच, आज बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पोखरा आगमनको कार्यक्रम रहेकाले कास्कीमा अभिवादन कार्यक्रम आयोजना गरिने भएको छ। सो अवसरमा सम्पूर्ण उम्मेदवारको उपस्थितिमा तालचोकमा दिउँसो १ बजे, हेम्जा मिलनचोकमा ३ बजे र चिप्लेढुङ्गामा साँझ ५ बजे घण्टी–अभिवादन कार्यक्रम हुने जनाइएको छ।

    रास्वपा कास्की–१ का चुनावी कमाण्डर श्रीकृष्ण न्यौपानेले सभापति लामिछानेको आगमनका कारण माघ २८ गते बिहान १० बजेपछि कास्की क्षेत्र नम्बर–१ मा तय गरिएका सबै कार्यक्रमहरू अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी दिए। उनका अनुसार, पार्टीको केन्द्रीय कार्यक्रमलाई ध्यानमा राख्दै स्थानीय कार्यक्रमहरू पुनः तालिका बनाएर अघि बढाइने जनाएको छ । संवाद यात्रा कार्यक्रम स्थगित भए पनि शिसुवाको सम्पर्क कार्यलय तथा मादीमा तय गरिएको सम्पर्क कार्यलय उदघाटन कार्यक्रम भने यथावत राखिएको छ ।
    रास्वपाले संवाद यात्रा, सम्पर्क कार्यालय स्थापना र केन्द्रीय नेतृत्वको उपस्थितिमार्फत कास्की–१ मा चुनावी माहोललाई थप सक्रिय र जनमुखी बनाउने लक्ष्य लिएको जनाएको छ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend