सातौं राष्ट्रिय आर्चरीमा गण्डकीको बर्चस्व कायम


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शनिबार, जेष्ठ २४ २०८२


  • सातौं राष्ट्रिय आर्चरीमा गण्डकीको बर्चस्व कायम

    पोखरा । सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको छ । शुक्रबार र शनिवार पोखरा रंगशालाको कभर्ड हलमा सम्पन्न सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको हो ।

    प्रतियोगितामा कम्पाउण्ड मेन पुरुष तर्फ स्वर्ण, कम्पाउण्ड महिला तर्फ गण्डकी स्वर्ण, स्ट्याण्डर्ड महिला सिंगलमा गोल्ड, स्ट्याण्डर्ड पुरुष सिंगल तर्फ सिल्भर, स्ट्याण्डर्ड मिक्स तर्फ गोल्ड, स्ट्याण्डर्ड पुरुषतर्फ गोल्ड, रिकर्भ मिक्स टिममा ब्रन्च र रिकर्भ पुरुषतर्फ गण्डकीले ब्रन्च मेडल प्राप्त गर्न सफल भयो ।

    प्रतियोगितामा कम्पाउण्ड मेन एकलतर्फ एपिएफका मीन गौचनले कुल १४० स्कोर ल्याउँदै स्वर्ण जिते । १२९ स्कोरका साथ गण्डकीका सुमन गुरुङले रजत जिते । आर्मीका पवन राईले कास्य पदक हासिल गरे । महिला एकल तर्फ गण्डकीकी मोनिका राना मगरले १३७ स्कोरका साथ स्वर्ण जित्दा उनकी प्रतिस्पर्धी एपिएफकी पार्षदा आचार्यलाई १३६ स्कोरका साथ रजत जितिन् । एपिएफकै निर्मला काङबाङले कास्य हासिल गरिन् ।

    स्ट्याण्डर्ड महिला एकल तर्फ गण्डकी प्रदेश टीम ‘ए’ की रिना गुरुङले गण्डकी ‘ए’ कै स्नेहा केसीलाई ६–० को सेटमा हराउँदै स्वर्ण जितिन् । यस्तै निता केसीले कास्य हासिल गरिन् । पुरुष तर्फ नेपाल पुलिसका निकेश देशारले गण्डकीका मोहन घर्तीलाई ६–२ को सेटमा हराउँदै स्वर्ण जिते । आर्मीका बसन्तराज काफ्लेले कास्य पदक हासिल गरे ।

    स्ट्याण्डर्ड मिक्सतर्फ गण्डकी ‘ए’ ले त्रिभुवन आर्मीलाई ५–१ को सेटमा पराजित गर्दै स्वर्ण पदक जित्यो । नेपाल पुलिसले कास्य पदक हासिल ग¥यो । स्ट्याण्डर्ड पुरुषतर्फ गण्डकी ए ले नेपाल पुलिसलाई ५–३ ले हराउँदै स्वर्ण हासिल गर्दा गण्डकी रजतमा सिमित भयो । एपीएफले कास्य पदक जित्यो । रिकर्भ महिला एकल तर्फ नेपाल पुलिसकी आइसा तामाङले त्रिभुवन आर्मी क्लबकी मित्र राईलाई ६–४ ले हराउँदै स्वर्ण जितिन् । आर्मीकी मन्जु बजगाईले कास्य जितिन् । रिकर्भ पुरुष एकल तर्फ नेपाल पुलिस क्लवका तिलक पुनले स्वर्ण जिते । उनले त्रिभुवन आर्मीको रोशन नगरकोटीलाई ६–२ सेटमा हराएका हुन् । नेपाल पुलिसका पवन सिरीषले कास्य पदक जिते । रिकर्भ मिक्स टीमतर्फ नेपाल पुलिसको तिलक पुन र आइसा तामाङको जोडीले त्रिभुवन आर्मीको रोशन नगरकोटी र मित्र राइको जोडीलाई ५–१ सेटमा हराएर स्वर्ण पदक जिते । गण्डकी ‘ए’ कास्यमा चित्त बुझायो । रिकर्भ पुरुष टीम तर्फ त्रिभुवन आर्मीले गण्डकी ‘ए’ लाई ६–२ को सेटमा हराउदै स्वर्ण जित्दा गण्डकी रजतमै चित्त बुझायो । गण्डकी ‘बी’ ले कास्य पदक हासिल ग¥यो ।

    कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङ, नेपाल आर्चरी संघका पूर्व केन्द्रीय अध्यक्ष एवं कास्की जिल्ला आर्चरी संघको संस्थापक अध्यक्ष हरिध्वज तुलाचन, खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमबी आस्था मगर, अन्नपूर्ण आर्चरी क्लबका पूर्व अध्यक्ष एवं समाजसेवी मिन बहादुर शेरचन, गण्डकी प्रदेश आर्चरी संघका अध्यक्ष किशोर कुमार गुरुङ, गण्डकी प्रदेश आर्चरी संघका वरिष्ठ उपाध्यक्ष योगेन्द्र शेरचन, कास्की जिल्ला आर्चरी संघका अध्यक्ष बसन्त गौचन लगाएतले पुरस्कार बितरण गरेका थिए ।

    सो अवसरमा वोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङले आर्चरी संघको आयोजनामा पोखरामा पहिलो पटक इन्डोर रुपमा खेल सञ्चालन हुनु पोखराको लागि महत्वपूर्ण रहेको बताए । पोखरामा पहिलो पटक इन्डोर आर्चरी प्रतियोगिता सम्पन्न भइसकेकाले पोखरामा इन्डोर रुपमा समेत राष्ट्रिय स्तरको खेल सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरणीय काम भएको बताउदै प्रदेश खेलकुद परिषद प्रदेशमा हुने खेलकुद गतिविधीलाई चलायमान गराउन लागिपर्ने बताए ।

    प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको सहयोग र नेपाल आर्चरी संघको प्राविधिक सहयोग रहेको थियो ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend