काठमाडौँ। प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा गोरखा निर्वाचन क्षेत्र नं.१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदन गुरुङले आफ्नो अग्रता फराकिलो बनाएका छन् ।
यो समाचार तयार पार्दासम्म प्राप्त मत परिणाम अनुसार गुरुङले १६ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीले १० हजार १ सय १७ मत प्राप्त गरेका छन् । हाल गुरुङ र खत्रीबिचको मतान्तर ६ हजार ४ सय ३४ रहेको छ ।
त्यसैगरी, तेस्रो स्थानमा रहेका नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार हरि राज अधिकारीले ६ हजार ६ सय ३२ मत प्राप्त गरेका छ ।