लेखनाथमा व्यवसायीको चुनाव ः प्यानलसहित मत माग्दै घरदैलोमा राजेन्द्र ओझाको टिम


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : सोमबार, भाद्र ९ २०८२


  • लेखनाथमा व्यवसायीको चुनाव ः प्यानलसहित मत माग्दै घरदैलोमा राजेन्द्र ओझाको टिम

    पोखरा । लेखनाथ उद्योग बाणिज्य संघको अधिबेशन नजिकिदै गर्दा ब्यबसायीका नेताहरुले घरदैलो अभियानलाइ तिब्र पारेका छन् ।उम्मेद्वारहरु मतदाता भेटघाट गर्ने र मत माग्ने क्रममा व्यवसायीको घरदैलोमा पुगिरहेका छन। लेखनाथ उद्योग वाणिज्य संघको भदौ २० र २१ गते हुने १५ औं अधिवेशनमा अध्यक्षको उमेद्वार राजेन्द्र ओझा नेतृत्वको प्यानलमा रहेका उम्मेद्वारहरुले घरदैलो अभियानलाइ तिब्र पारेका हुन् ।ओझाको प्यानलउद्योगी व्यवसायीको एकता, यसैमा संघको सफलता’ भन्ने नारा सहित चुनाबी अभियानमा होमिएको छ । घर दैलोको क्रममा ब्यबसायीहरुले गरेको माया र आत्मियता देखेर ओझा चुनाब जित्नेमा बिश्वस्त देखिन्छन्। बिगतदेखि नै संघमा बिभिन्न पदमा बसेको र रोल क्रमको कारणले पनि ब्यबसायीले आफुलाइ जिताउने उनको दाबी छ ।


    घरदैलोको क्रममा स्थानीय कृषिका उत्पादन, हस्तकला र घरेलु तथा साना उद्योगबाट उत्पादित सामाग्रीको प्रत्यक्ष बिक्री र गुणस्तरीय बजार पूर्वाधार विकासमा ध्यान दिने योजना रहेको अध्यक्षका उम्मेद्वार ओझाले जानकारी दिएका छन ।
    उनले सबै उद्योगी व्यवसायीको डिजिटल प्रोफाइल, नेटवर्किङ प्लेटफर्म, अनलाइन रजिष्ट्रेशन र ई–पेमेन्ट सजिलै उपलब्ध गराउने बताए । लेखनाथ क्षेत्रमा औद्योगिक क्षेत्र आवश्यक भएकोले त्यसका लागि पहल गर्ने उनको प्यालनले जोड दिने बताएका छन् ।
    लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाको नेतृत्वमा रहेको प्यालनबाट बरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सुबेदी ‘राजु’ प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, महासचिबमा जिबन तिवारी, उपमहासचिबमा लक्ष्मी प्रसाद ढुंगाना, कोषाध्यक्षमा टिकाराम सापकोटा रहेका छन् । कार्यसमितिको सदस्यहरुमा कृष्णप्रसाद सुबेदी, घनश्याम ढुंगाना, किशोर अधिकारी, नबराज पौडेल, सन्तोष हमाल, शिबराज अधिकारी, सुरेन्द्र गुरुङ,भीमप्रसाद सुबेदी ‘सन्तोष’, महिला सदस्यमा लक्ष्मी ठाकुर सुनार र सपना सुबेदी तिवारी, एसोसिएट सदस्यमा प्रवेश बन्जारा र संस्थागत सदस्यमा बिरभद्र कंडेल च्नावी मैदानमा उत्रिएका छन् ।

    संघको महासचिब समेत रहेकी जानुका पराजुली अधिकारी अध्यक्षको उमेद्वार रहने गरि अर्को प्यानल घोषणा गरेर घर दैलोमा ब्यस्त छन् । चुनाब नजिकिंदै गर्दा यतिबेला दुवै समूह चुनाबी अभियानका क्रममा मतदाता ब्यबसायीहरुको घरदैलोमा पुगिरहेका छन ।

    संघमा हाल २ हजार भन्दा बढी मतदाता रहेका छन

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend