अष्ट्रियाको अधिवेशनबाट ध्रुव बहादुर पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : आइतबार, भाद्र २९ २०८२


  • अष्ट्रियाको अधिवेशनबाट ध्रुव बहादुर पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध

    गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाको महाधिवेशन सम्पन्न भएको छ। १३ सेप्टेम्बर २०२५, शनिबारका दिन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाको महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको हो । अधिवेशनबाट ध्रुव बहादुर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित बनेको छ । समितिको उपाध्यक्ष तुल बहादुर बोहोरा ,शिव खड्का (साल्जबुर्ग) , महिला उपाध्यक्ष रिमा विष्ट , महासचिव ज्ञानेन्द्र बर्तोला (वेल्स), सचिव संगिता बर्तोला (इन्स्ब्रुक), सचिव अर्जुन खनाल, कोषाध्यक्ष कोपिला शाही, सह–कोषाध्यक्ष प्रकाश कार्की, महिला संयोजक सुनयना बिष्ट रहनुभएको छ । त्यस्तै नवनिर्वाचित सदस्यहरुमा राजकुमार पुरी, निल बहादुर पुन,सविना गुरुङ, संगिता आचार्य, जीवन रखाल रहनुभएको छ ।

    महाधिवेशन पदाधिकारी तथा सदस्य पदमा दोहोरो उम्मेदवारी नपरेको हुँदा, उम्मेदवारी दिएका सम्पूर्ण व्यक्तिहरूलाई निर्विरोध निर्वाचित भएका थिए। कार्यक्रमको प्रमुख अतिथि पूर्वअध्यक्ष तथा निर्वाचन पर्यवेक्षक श्री श्याम उपाध्याय रहनु भएको थियो भने कार्यक्रमको सभापतित्व श्री ध्रुव पौडेलले गर्नुभएको थियो। सो अवसरमा पूर्वअध्यक्ष तथा निर्वाचन समितिका संयोजक श्री प्रभाकर घले, पूर्व महिला उपाध्यक्ष एवं निर्वाचन समितिकी सदस्य श्रीमती अनिता भुजेल, आकाश घिमिरे , वर्तमान आइ सि सि सदस्य मनोज बिष्ट ज्यु विशेष उपस्थितिसहित अन्य संघ सस्थाका अध्यक्ष ज्यु हरु पूर्वअध्यक्ष तथा आदिबासी जनजाती महासंघ अस्ट्रीयाका अध्यक्ष तुल बहादुर गुरुङ ज्यु (मुक्त गुरुङ), नेसास अष्ट्रिया अध्यक्ष तथा सस्थाका वरिष्ठ उपाध्यक्ष डबिन लामा गुरुङ, र नमोबुद्ध स्पोर्ट्स क्लब भियना अध्यक्ष तथा सस्थाका उपाध्यक्ष रिम बहादुर खड्का ज्यु लगायत सम्मानित अतिथिहरूको सहभागिता रहेको थियो ।

    कार्यक्रममा संस्थाका कोषाध्यक्ष श्री बिरेन पुनले आर्थिक विवरण प्रस्तुत गर्नुभयो भने सचिव श्री ज्ञानेन्द्र बर्तौलाले वार्षिक प्रतिवेदन पेश गर्नुभयो। कार्यक्रममा उपस्थित महानुभावहरूले LCC गठन, आकस्मिक सहयोग कोष अष्ट्रिया र संस्थाहरू ले गर्ने नियमित कार्यक्रमहरूको विषयमा प्रश्न राख्नुभएको थियो ।
    निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराई प्रमाणपत्र हस्तान्तरण गरेको छ। यसै अवसरमा नवनिर्वाचित अध्यक्ष श्री ध्रुव बहादुर पौडेलले आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो।

    निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराई प्रमाणपत्र हस्तान्तरण गरेको छ। महाधिवेशन अस्ट्रीयावासि नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend