एनआरएनए अष्ट्रियाको पहिलो बैठक सम्पन्न, देउसी–भैलो कार्यक्रम विशेष रूपमा मनाउदै


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : सोमबार, असोज ६ २०८२


  • एनआरएनए अष्ट्रियाको पहिलो बैठक सम्पन्न, देउसी–भैलो कार्यक्रम विशेष रूपमा मनाउदै

    प्रविन मगर,पोखरा ।
    एनआरएनए राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाको नवगठित कार्यसमितिको पहिलो बैठक बसेको छ । यही असोज ५ गते (२१ सेप्टेम्बर २०२५) का दिन अध्यक्ष श्री ध्रुव पौडेलज्यूको अध्यक्षतामा पहिलो बैठक बसेको हो । कार्यक्रममा कार्यसमिति सदस्यहरूको उल्लेख्यनिय उपस्थिति रहेको थियो।

    बैठकमा विभिन्न महत्वपूर्ण एजेन्डाहरूमा छलफल गर्दै एनआरएनए अष्ट्रियाले यस वर्षको तिहारको अवसरमा देउसी–भैलो कार्यक्रम  विशेष रूपमा आयोजना गर्ने निर्णय गरेको छ। कार्यक्रम अक्टोबर १८ (शनिबार) र अक्टोबर १९ (आइतबार) का दिन आयोजना गरिने अध्यक्ष ध्रुव पौडेल बताए । यस कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै सदस्यहरूलाई सक्रिय सहभागिताका लागि अध्यक्ष पौडेलले आह्वान गरेका छन्।

    त्यस्तै संस्थाको आधिकारिक प्रवक्ताको रूपमा श्री जीवन रखाल र विद्यार्थी तर्फ सरौब गुरगाइ कार्यकारी सदस्यमा मनोनित भएका छन् । संगठनमा अझ बढी सदस्यता विस्तार र सक्रिय सहभागिता सुनिश्चित गर्ने अपेक्षा गर्दै संस्थामा नयाँ सदस्य थप्ने सम्पूर्ण जिम्मेवारी अध्यक्ष श्री ध्रुव पौडेललाई प्रदान गर्ने निर्णय समितिले पारित गरेको गरिएको छ ।

    त्यस्तै संगठनको नियमित आय व्यवस्थापन र गतिविधिहरूलाई सहज बनाउन प्रत्येक सदस्यबाट मासिक ५ युरोका दरले लेभी संकलन गर्ने निर्णय गरिएको समितिका सदस्य जिवन रखालले मयुर टाईम्सलाई बताए।

    बैठकले अर्को कार्यसमिति बैठक अक्टोबरको दोस्रो हप्तामा आयोजना गर्ने निर्णयसमेत गरेको छ। बैठकमा अध्यक्ष ध्रुव पौडेलले अझ सबल बनाउन सबैको सक्रियता, सुझाव र सहभागिता आवश्यक रहेको बताए । एनआरएनए अष्ट्रियालाई हामी सबै मिलेर अघि बढौं, नेपालको नाम, नेपालीको मान, र हाम्रो पहिचानलाई संसारमा चम्काऔ भन्ने मुल नाराका साथ अध्यक्ष पौडेलले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै संगठनको सफलतामा सबैको निरन्तर सहयोग र सहभागिताको अपेक्षा व्यक्त गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend